फाइल फोटो
News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुर कारागारमा रहेका थुनुवाबीच विवादका क्रममा गणेश विष्टमाथि चिर्पट प्रहार हुँदा उनी घाइते भएका छन्।
- घाइते विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ र उनको स्वास्थ्य अवस्था खतरा मुक्त छ।
- जिल्ला प्रहरी कार्यालयले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
धनगढी । कञ्चनपुर कारागारमा रहेका थुनुवाबीच विवादका क्रममा चिर्पट प्रहार हुँदा एक जना घाइते भएका छन् ।
घाइते हुनेमा वेदकोट नगरपालिका—९ घर भएका गणेश विष्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले जानकारी दिए ।
कारागारको ब्लक ‘ए’ मा रहेका विष्टमाथि ब्लक ‘बी’ मा रहेका शुक्लाफाँटा–९ घर भएका थुनुवा भुवन ऐरले चिर्पट प्रहार गरेको डीएसपी शाहीले बताए ।
घाइते विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था खतरा मुक्त छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4