८ चैत, बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले शाखा स्थापनाको २५औं वर्षको अवसरमा चैत २० र २१ ‘बागलुङ मिडिया मेला’ आयोजना गर्ने भएको छ ।
नेपालमै नमूना कार्यक्रममो रुपमा रहेको मिडिया मेलाको तयारीलाई महासंघले तीव्रता दिएको छ । मेला चैत्र २० र २१ गते बागलुङ बजारको जोजोलोपा ब्यांक्वेटमा हुँदैछ ।
मेला सम्पन्न गर्न अध्यक्ष राम थापा अविरलको संयोजकत्वमा मूल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरेर तयारी थालिएको छ ।
बागलुङलाई मिडियाको माध्यमबाट उजागर गर्न समृद्ध बागलुङ निर्माणमा हातेमालो गर्दै निजी क्षेत्रको लगानी भित्र्याउन मिडिया मेलाको आयोजना गरिएको हो ।
खासगरी बागलुङका पत्रकारहरु जुन नेपालभरका विभिन्न मिडियामा कार्यरत रहेका छन् उनिहरुलाई गृहजिल्लाको समृद्धिमा चासो दिने, पुर्नमिलन गर्ने, निजी क्षेत्र र पालिकाबीचको सम्बन्ध बढाउँदै बागलुङ बजारको ५० वर्ष पुराना इतिहास झल्काउने तस्वीरसमेत प्रदर्शनी गर्नेलगायतको काम गरिने नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष थापाले जानकारी दिए ।
थापाका अनुसार अहिले आर्थिक उपसमितिले काठमाडौं र बागलुङका स्थानीय पालिकासँग मेलामा सहकार्यका लागि भेटघाट तथा छलफल गरिरहेको छ । मेलामा ८ सेसनको प्यानल डिस्कसन हुनेछ भने पुराना सञ्चार सामग्री प्रदर्शन गरिने भएको छ ।
पत्रकारिता, सञ्चार माध्यम, पत्रकारको बदलिदो भूमिका र ग्रामीण पत्रकारिताको महत्व उजागर गर्न र यस क्षेत्रमा सबैको ध्यान केन्द्रीत गर्न मेलाले सघाउनेछ । मेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री, पत्रकार महासंघका पदाधीकारी, गण्डकी प्रदेशका ११ जिल्लाका पत्रकारको समेत उपस्थिति रहने छ ।
मेलामा विद्धत प्रवचन, प्यानल डिस्कसन, बागलुङे पत्रकारहरुको पुनर्मिलन, भित्तेपत्रिका लेखन प्रतियोगिता, तस्वीर प्रदर्शन, लाइभ पेन्टिङ, सञ्चार सामग्री र उपकरणको प्रदर्शनी समेत रहेको छ । मेलामा १७ लाख खर्च हुने अनुमान गरिएको शाखाका कोषाध्यक्ष खेमराज गौतमले बताए ।
मेलामा आन्तरिक पर्यटक भित्र्याएर उनीहरुलाई बागलुङका सञ्चार माध्यम, पुस्तकालय, धार्मिक तथा पर्यटकीय गन्तव्यमा भम्रण गराउने उद्देश्य पनि रहेको शाखाका सचिव नारायण रिजालले जानकारी दिए ।
मेला प्रर्बद्धनमा सघाउने नीजि क्षेत्रको व्यावसायिक स्टलहरु समेत रहनेछ । मेलामा राष्ट्रिय र स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुत रहने छ । मेलामा २५ हजार जनाले मेलाको अवलोकन गर्ने अनुमान गरिएको शाखाका उपाध्यक्ष सुवास आचार्यले बताए ।
मेलाको उद्घाटन चैत २० गते हुने छ ।
प्रतिक्रिया 4