+
+
Shares

बागलुङका दुवै क्षेत्रमा रास्वपा विजयी, भत्कियो जनमोर्चा गढ

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते ११:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागलुङ जिल्लाको क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील खड्का २० हजार ९२७ मत ल्याएर विजयी भएका छन्।
  • क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्माले १२ हजार ६४७ मत ल्याएर विजयी भएका छन्।
  • क्षेत्र नम्बर १ मा जनमोर्चाका उम्मेदवारलाई नेकपाले सहयोग गरेको थियो भने क्षेत्र नम्बर २ मा नेकपा उम्मेदवारलाई जनमोर्चाले सहयोग गरेको थियो।

२३ फागुन, बागलुङ । बागलुङ जिल्लामा दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।

क्षेत्र नम्बर १ मा रास्वपाका सुशील खड्का विजयी भएका छन् । खड्काले २० हजार ९२७ मत पाउँदा निकटतम् प्रतिस्पर्धी भिमबहादुर रानाले ११ हजार ९४४ मत पाए । एमालेका हिराबहादुर खत्रीले ८ हजार ६४० तथा जनमोर्चाका कृष्णप्रसाद शर्माले ४ हजार ५२१ मत पाए ।

उता क्षेत्र नम्बर २ मा रास्वपाकै उम्मेदवार सोम शर्मा विजयी भएका छन् । शर्माले १२ हजार ६४७ मत ल्याई विजयी भए । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत ल्याए । त्यस्तै नेकपामा ज्ञामनाथ गैरेले १० हजार ७०९, एमालेकी मन्जु शर्माले ७ हजार ८६४ मत पाइन् ।

क्षेत्र नम्बर २ मा नेकपा उम्मेदवार ज्ञामनाथ गैरेलाई जनमोर्चाले सहयोग गरेको थियो । त्यस्तै क्षेत्र नम्बर १ मा जनमोर्चाका उम्मेदवारलाई नेकपाले सहयोग गरेको थियो ।

यसअघि क्षेत्र नम्बर १ बाट जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जित्दै आएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?