News Summary
Generated by OK AI. Editorially reviewed.- बागलुङ क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सोम शर्माले १ हजार ४७४ मतसहित अग्रता कायम राखेका छन्।
- नेपाली कांग्रेसका टेकराज पौडेलले १ हजार १३४ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका ज्ञामनाथ गैरेले ५१४ मत पाएका छन्।
- नेकपा एमालेकी मञ्जु शर्मा चालिसेले ४३१ मत पाएकी छन् र सोम शर्मा निकटतम प्रतिस्पर्धीभन्दा ३४० मतले अघि छन्।
२२ फागुन, बागलुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ क्षेत्र नं. २ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्माको अग्रता कायमै रहेको छ ।
हाल सम्म भएको मतगणनाको विवरण अनुसार घन्टी चुनाव चिन्हबाट उम्मेदवारी दिएका शर्मा १ हजार ४७४ मतसहित पहिलो स्थानमा छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले रुख चिन्हबाट १ हजार १३४ मत प्राप्त गरेका छन् ।
यसैगरी नेकपा (माओवादी केन्द्र) का ज्ञामनाथ गैरे (तारा) ले ५१४ मत प्राप्त गर्दा नेकपा एमालेका मञ्जु शर्मा चालिसे (सूर्य) ले ४३१ मत प्राप्त गरेका छन् । हालसम्मको मतगणनामा सोम शर्मा निकटतम प्रतिस्पर्धी पौडेलभन्दा ३४० मतले अघि छन् ।
प्रतिक्रिया 4