२१ फागुन, बागलुङ । बागलुङमा बिहान ११ बजेसम्म १६ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारीले बिहान ११ बजेसम्म १६ प्रतिशत मतदान भएको जानकारी दिइन् । उनका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान कार्य चलिरहेको छ ।
बागलुङका १३० मतदान केन्द्र र ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला गरी एक लाख ९३ हजार ३८१ जना मतदाता छन् । जिल्ला कारागार र जिल्ला समन्वय समितिमा अस्थायी मतदान केन्द्र राखिएको छ । बागलुङ कारागारमा ५५ मतदातामध्ये ५३ जनाले मत खसालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4