+
+
Shares

सिरहामा चार घण्टामा ३० प्रतिशत मतदान

निर्वाचन कार्यालय सिरहाका प्रमुख राजन श्रीवास्तवका अनुसार बिहान ११ बजेसम्म जिल्लाभर ३० प्रतिशतसम्म मतदान भएको छ ।

सुरेश राय सुरेश राय
२०८२ फागुन २१ गते ११:२५

२१ फागुन, सिरहा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिरहामा मतदान सुरु भएको चार घण्टाभित्रै करिब ३० प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालय सिरहाका प्रमुख राजन श्रीवास्तवका अनुसार बिहान ११ बजेसम्म जिल्लाभर ३० प्रतिशतसम्म मतदान भएको छ ।

जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा भइरहेको निर्वाचन कार्यालयले जनाएको  छ। मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ, भने सुरक्षाकर्मीको व्यवस्था पनि कडा पारिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा कुल ४ लाख ५३ हजार ६४५ मतदाता रहेका छन् ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?