+
+
Shares

प्युठानमा साढे ११ बजेसम्म १९ प्रतिशत मतदान

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ११:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्युठानमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहान साढे ११ बजेसम्म १९ प्रतिशत मतदान भएको छ।
  • मुख्य निर्वाचन अधिकृत हिरण्यराज भण्डारीले जिल्लाभर शान्तिपूर्ण ढंगले मतदान भइरहेको उल्लेख गर्नुभयो।
  • जिल्लामा १ लाख ६५ हजार ४१० मतदाताका लागि १५८ मतदान स्थलमा २३० मतदान केन्द्र तोकिएका छन्।

२१ फागुन, प्युठान । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्युठानमा बिहान साढे ११ बजेसम्म १९ प्रतिशत मतदान भएको छ।

मुख्य निर्वाचन अधिकृत हिरण्यराज भण्डारीका अनुसार जिल्लाभर शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान अधिकांश केन्द्रमा व्यवस्थित रूपमा अघि बढिरहेको उनले बताए।

जिल्लामा कुल १ लाख ६५ हजार ४१० मतदाता छन्। उनीहरूका लागि १५८ मतदान स्थलका २३० मतदान केन्द्र तोकिएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय प्युठानका अनुसार अहिलेसम्म कतैबाट अप्रिय घटना वा अवरोधको सूचना नआएको र मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ।

मतदान साँझ ५ बजेसम्म जारी रहने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?