News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेले ११ हजार ९ सय ७२ मत पाएर अग्रता कायम राखेका छन्।
- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ७ हजार ७ सय ४५ मत पाएका छन् र पाण्डेभन्दा ४ हजार २ सय २७ मतले पछि छन्।
- हालसम्म २८ हजार ५ सय ७२ मत गणना भइसकेको छ, जसमा १ हजार २ सय ३४ मत बदर भएका छन् र मतगणना गोकर्णेश्वर नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा जारी छ।
२२ फागुन, काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राजुनाथ पाण्डेले अग्रता बढाइरहेका छन् ।
हालसम्म सार्वजनिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पाण्डेले ११ हजार ९ सय ७२ मत पाएर अग्रता कायमै राखेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ७ हजार ७ सय ४५ मत पाएका छन् र पाण्डेभन्दा ४ हजार २ सय सय २७ मतले पछि छन् । काठमाडौं महानगरपालिका वडा नम्बर ६ को मतगणना भइरहँदा घिसिङले मतान्तर भने घटाएका छन् ।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले ४ हजार १ सय ३३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयालले २ हजार १ सय १ मत पाएका छन् ।
अन्य उम्मेदवारमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका सुन्दर राम बोहराले ५१४, नेपाली कम्युनिस्ट पार्टीका निरज लामाले ३००, श्रम संस्कृति पार्टीका सुवास घिसिङले २६१ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेद्वार केशव नेपालले १६५ मत पाएका छन् । २२ जनाले उम्मेद्वारी दिएकोमध्ये ति बाहेक अन्यले ५० मत समेत कटाउन सकेका छैनन् ।
गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित चामुण्डा माध्यमिक विद्यालयमा मतगणना जारी छ । ६४ हजार ४ सय ७९ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ४३ हजार ७ सय ८१ मत खसेको थियो । हालसम्म २८ हजार ५ सय ७२ मत गणना भइसकेको छ । जसमा १ हजार २ सय ३४ मत बदर भएका छन् ।
गोकर्णेश्वर नगरपालिकाको १ देखि ९ वटा सबै वडाको मत गणना भईसकेको छ भने काठमाडौं महानगरपालिका वडा नम्बर ६ को मतगणना जारी छ । त्यसपछि कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १, २ र ३ को मतगणना हुनेछ ।
प्रतिक्रिया 4