+
+
Shares

सुर्खेत पुगेर पूर्णबहादुर खड्काले गरे मतदान

त्यसयता खड्का कांग्रेसको चुनावी प्रचारप्रसारमा पनि सहभागी बनेका थिएनन् । तर सामाजिक सञ्जालबाट भने कांग्रेसका लागि भोट मागेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ११:३७

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेस निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मतदान गरेका छन् । खड्काले बिहीबार सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ को सूर्यज्योति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।

कांग्रेसको विशेष महाधिवेशनपछि निस्क्रिय रहेका खड्का त्यसअघि सुर्खेत–१ मै फेरि चुनाव लड्न चाहन्थे । तर, निर्वाचन आयोगले गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट चुनिएको कार्यसमितिलाई वैधानिकता दिएपछि उनले चुनाव नलड्ने घोषणा गरेका थिए ।

त्यसयता खड्का कांग्रेसको चुनावी प्रचारप्रसारमा पनि सहभागी बनेका थिएनन् । तर सामाजिक सञ्जालबाट भने कांग्रेसका लागि भोट मागेका थिए ।

उता निवर्तमान सभापति शेरबहादुर देउवा भने उपचारका लागि सिंगापुरमा छन् । उनी यस पटक मतदान गर्ने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?