+
+
Shares

रौतहटमा शान्तिपूर्ण मतदान जारी

हालसम्म जिल्लामा कुनै अप्रिय घटना नघटेको र मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १०:४८

२१ फागुन, रौतहट । रौतहटको चारवटै निर्वाचन क्षेत्रमा अहिले शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार रौतहटका चारवटै क्षेत्रमा ४ लाख ३६ हजार ६११ मतदाता आज मतदानमा सहभागी हुँदैछन ।

रौतहटका २७६ मतदान स्थल अन्तर्गत ५४१ मतदान केन्द्र तोकिएको छ । आज बिहानै देखि अधिकांश मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ । कतिपय स्थानमा मतदाताहरू बिहानैदेखि लाइनमा बसेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्  ।

निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रत्येक मतदान स्थको वरपर नियमित गस्तीको व्यवस्था गरिएको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार हरेक मतदान स्थलमा करिब ५ देखि १० मिनेटको अन्तरालमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली गस्ती गरिरहेको छ ।

हालसम्म जिल्लामा कुनै अप्रिय घटना नघटेको र मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?