+
+
Shares

पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले गरे मतदान

कञ्चनपुर-२ मा पर्ने शुक्लाफाँटा नगरपालिका–६ कसरौलमा रहेको बैजनाथ मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ८:५१

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा मतदान गरेका छन् ।

उनले कञ्चनपुर-२ मा पर्ने शुक्लाफाँटा नगरपालिका–६ कसरौलमा रहेको बैजनाथ मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।

नेता साउद कञ्चनपुर-२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् । उनी गत निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

कञ्चनपुर-२ मा नेकपा एमालेबाट वचनबहादुर सिंह, नेपाली कम्युनिस्ट पार्टीबाट माधव पन्त, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट दीपक बोहरा लगायतका उम्मेदवार प्रतिष्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?