+
+
Shares

सांसदहरूलाई ओलीको निर्देशन– पार्टीका विचार बोल्नुपर्छ, आफूखुसी डम्फु बजाउन पाइँदैन

‘जति बेला पार्टी प्रतिकूल अवस्थामा हुन्छ, त्यति बेला पार्टीभित्र अनेक प्रकारका समस्या निकाल्नु उपयुक्त हुँदैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १२ गते १६:०२

१२ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका विचार मात्रै संसद्मा बोल्न निर्देशन दिएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई मन लाग्यो बोलेँ भन्न नपाइने बताएका हुन् ।

‘पार्टीका विचार त्यहाँ(संसद्मा) बोल्नुपर्छ । पार्टीले देशको विचार अघि बढाएको छ,’ ओलीले निर्देशन दिँदै भने, ‘ती भन्दाबाहेक मलाई यस्तो लाग्यो भनेर बोलेँ भन्ने हुँदैन ।’

पार्टीले संसदीय भूमिका पनि प्रभावकारी हिसाबले अगाडि बढाउने ओलीले बताए । ‘तर, हामी भ्रम फैलाउने होइन, जनतालाई सचेत बनाउने काममा हामी चुक्नु हुँदैन । अगाडि बढ्नुपर्छ,’ ओलीले भने ।

यसका लागि पार्टी एकताबद्ध र एक ढिक्का भएर अघि बढ्नुपर्ने उनले बताए । ओलीले अगाडि भने, ‘जति बेला पार्टी प्रतिकूल अवस्थामा हुन्छ, त्यति बेला पार्टीभित्र अनेक प्रकारका समस्या निकाल्नु उपयुक्त हुँदैन ।’

एकतालाई सुदृढ बनाएर अघि बढ्नुपर्ने र यति बेलाको आवश्यकता पनि एकता नै भएको ओलीले बताए । ‘संसद् पार्टीका नीति निर्णयमुताबिक अनुशासित भएर चल्नुपर्छ । हामी आफू खुसी चल्न डम्फु बजाउन त्यहाँ पुगेका होइनौँ,’ ओलीले भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?