+
+
Shares

पाँचथरमा अढाई घण्टामा चार प्रतिशत मात्रै मत खस्याे

पाँचथरमा कुल एक लाख ४३ हजार ४०८ जना मतदाता छन् । पाँचथरमा अघिल्ला निर्वाचनमा पनि न्यून मतदाताको सहभागिता रहँदै आएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १०:०५

२१ फागुन, पाँचथर । कोशी प्रदेशको पहाडी जिल्ला पाँचथरमा सुरुवाती साढे दुई घण्टामा चार प्रतिशत मात्रै मत खसेको छ । बिहान साढे नौ बजेसम्म पाँच हजार ९२९ जनाले मात्रै मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जुन कुल मतदाता संख्याको ४.१३ प्रतिशत मात्रै हुन आउँछ ।

पाँचथरमा कुल एक लाख ४३ हजार ४०८ जना मतदाता छन् । पाँचथरमा अघिल्ला निर्वाचनमा पनि न्यून मतदाताको सहभागिता रहँदै आएको थियो ।

२०७९ को निर्वाचनमा पनि प्रत्यक्षतर्फ ५३ र समानुपातिकतर्फ ५४ प्रतिशत मात्रै मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?