+
+
Shares

नयाँ उम्मेदवारको लहरले रोचक बन्दैछ पाँचथरको चुनाव

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा यहाँ नयाँ उम्मेदवारहरू चुनावी मैदानमा छन् ।

गिरिराज बाँस्कोटा गिरिराज बाँस्कोटा
२०८२ माघ १३ गते १८:५३

१३ माघ, पाँचथर । पाँचथरमा फागुन २१ को निर्वाचन केन्द्रित चहलपहल बाक्लिँदो छ । विगतमा स्थापित प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीसँगै नयाँ दलहरू उत्तिकै चुनाव केन्द्रित बनेका छन् ।

प्रतिनिधिसभाका लागि अधिकांश उम्मेदवार नयाँ छन् । यसपल्ट पाँचथरमा प्रतिनिधिसभाका लागि नयाँ नतिजा निस्किदै छ । २०७४ र २०७९ का प्रतिस्पर्धी कांग्रेसका भिष्मराज आङ्देम्बे र एमालेका वसन्तकुमार नेम्बाङ चुनावी मैदानमा छैनन् ।

आङ्देम्बे समानुपातिकमा छन् भने नेम्बाङको स्वास्थ्य अवस्थाका कारण उम्मेदवार बनेका छैनन् । काग्रेसबाट नरेन्द्रकुमार केरुङ र नेकपा एमालेबाट अइन्द्र सुन्दर नेम्बाङ नयाँ उम्मेदवार हुन् । प्रदेश सभा निर्वाचनमा पराजित दुवैजनाका लागि यो पल्ट नयाँ प्रतिस्पर्धा हो ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार हर्क नेम्बाङको संसदीय मोर्चाको पहिलो प्रतिस्पर्धा हो । तत्कालीन नेकपा (माओवादी)ले २०७४ मा बाम गठबन्धनमार्फत वसन्तलाई सहयोग गरेको थियो भने २०७९ मा कांग्रेसका आङ्देम्बेलाई। योपटक नेकपाले आफ्नै उम्मेदवार हर्कबहादुरलाई उतारेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले एमाले पृष्ठभुमी भएका महेन्द्र विक्रम थामसुहाङ चुनावी मैदानमा उतारेको छ ।वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यहाँ आएर राजनीतिक गर्मी बढाइदिएर फर्किए ।

यस्तै, श्रमशक्ति पार्टीका हस्तराज शेर्मा, परिवर्तन पार्टीका टेकबहादुर सुब्बा चुनावी मैदानमा छन् । यी नयाँ दलले बनाउने माहोल र प्राप्त गर्ने मतले नतिजालाई प्रभाव पार्ने देखिन्छ ।

राप्रपाका तेजकुमार कुरुम्बाङ, जनता समाजवादी पार्टीका मचिन्द्र बेघा, संघीय लोकतान्त्रिक मञ्चका भानुभक्त फियाक, राष्ट्रिय मुक्ति पार्टीका मित्र लिङदेन, मंगोल नेशनल अर्गनाइजेशनका रामकुमार तुम्रोक, नेकपा (माओवादी)का विजय नेम्बाङ, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रकाश काफ्ले चुनावी मैदानमा छन् ।

योपल्ट मजदुर किसान पार्टीले पनि पाँचथरमा उम्मेदवार उठाएको छ । लक्षुमन तामाङलाई यो पार्टीले उम्मेदवार बनाएको हो ।

६० वटा वडा तथा ठूलो भूगोल भएकाले उम्मेदवारलाई भ्याइ-नभ्याइ छ । निर्वाचनका लागि आवश्यक तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिए ।

पाँचथरमा १ लाख ४३ लाख ४ सय ८ मतदाता रहेका छन् । १ सय २ मतदान स्थालमा १ सय ७९ मतदान केन्द्र रहेको छन् । यीमध्ये २९ अति संवेदनशील, ६६ संवेदनशील र ७ सामान्य मतदान स्थल रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?