+
+
Shares

निर्वाचनका लागि भारतले उपहार दिएका गाडी (तस्वीरहरू)

निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेका ६१ गाडी सिंहदरबारस्थित गृहमन्त्रालय अगाडि राखिएको छ ।

शंकर गिरी शंकर गिरी
२०८२ माघ १३ गते १२:५५

१३ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ वटा गाडी उपहार दिएको छ । माघ ६ गते सिंहदरबास्थित एक कार्यक्रमका बीच भारतीय दूतावासले नेपाल सरकारलाई क्याबिन पिक भ्यान हस्तान्तरण गरेको हो । अहिले यी गाडीहरू सिंहदरबारस्थित गृहमन्त्रालय अगाडि राखिएको छ ।

गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो । उक्त प्रस्तावअन्तर्गत भारतले नेपाल सरकारलाई उपहार स्वरुप पहिलो चरणमा ६१ वटा गाडी उपलब्ध गराएको हो ।

यसपटकको निर्वाचनको लागि भारत सरकारले सानाठूला गरी ५३८ वटा गाडी उपलब्ध गराउने बताइएको छ । गाडीहरू नेपाल सरकारको नाममा आएकाले निर्वाचन सकिएपछि सरकारले आफ्नो आवश्यकताअनुसार प्रयोग गर्न पाउने छ ।

भारत सरकारले निर्वाचन सम्पन्न गर्नको लागि नेपाल सरकारलाई सवारी लगायतका निर्वाचन उपकरण सहयोग गर्दै आइरहेको छ ।

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?