+
+
Shares

मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगो एयरका २ विमानका पखेटा ठोक्किए, यात्रु सकुशल

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते १०:३३

२१ माघ, काठमाडौं । मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगो एयरका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन् ।

यो घटना भारतकै सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक मानिने मुम्बई विमानस्थलमा मंगलबार साँझ करिब साढे सात बजे भएको हो । यो घटनामा दुवै विमानको पखेटाको टुप्पोमा क्षति पुगे पनि यात्रुहरु सबै सकुशल रहेको जनाइएको छ ।

घटनापछि भारतको विमान नियामक निकाय डायरेक्टोरेट जनरल अफ सिभिल एभिएसन (डीजीसीए) ले विज्ञप्ति जारी गरेर दिएको जानकारी अनुसार ३ फेब्रुअरी २०२६ मा मुम्बई विमानस्थलमा एयर इन्डियाको फ्लाइट एआई २७३२ उडान अघि एम–४ तर्फ पार्किङ अवस्थामा थियो । उडानका लागि रनवेतर्फ जानुअघि इन्डिगोको ए–३२० विमान अवतरण गरेर पार्किङमा आइरहेका बेला ठोक्किएको थियो ।

घटनापछि दुवै विमानलाई प्राविधिक जाँचका लागि रोकिएको थियो । डीजीसीए मुम्बई कार्यालयका अधिकारीहरू घटनास्थलमा पुगेर अनुसन्धान थालेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार एयर इन्डियाका प्रवक्ताले फ्लाइट एआई २७३२ मुम्बईबाट भारत तमिलनाडुको कोयम्बटूर जाँदै थियो । यो घटनापछि उडान रोकिएको थियो । सावधानी अपनाउँदै विमानलाई उडान गर्न नदिई थप प्राविधिक जाँचका लागि रोकिएको हो । सबै यात्रुलाई विमानबाट ओरालिएको थियो ।

प्राविधिकहरुका अनुसार एयर इन्डिया र इन्डिगो दुवै एयरलाइन्सका प्रवक्ताले विज्ञप्ति निकालेर घटनाको पुष्टि गर्दै प्राविधिक जाँच भइरहेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?