+
+
Shares

एयर इन्डिया दुर्घटनामा सर्वोच्चले भन्यो– पाइलटलाई दोषी ठहर्‍याउन मिल्दैन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १८:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको सर्वोच्च अदालतले अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा पाइलटलाई दोषी ठहर्‍याउन नमिल्ने निर्णय सुनाएको छ।
  • मृतक पाइलट सुमीत सभरवालका पिता पुष्कर सभरवालले दायर गरेको याचिकामा अदालतले पाइलटलाई दोष दिन नसकिने टिप्पणी गरेको छ।
  • गत १२ जुनमा भएको दुर्घटनामा २६० जनाको मृत्यु भएको थियो र अदालतले केन्द्र सरकार र नागरिक उड्डयन महानिर्देशनालयसँग जवाफ मागेको छ।

२१ कात्तिक, काठमाडौं । भारतको सर्वोच्च अदालतले अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा पाइलटलाई दोषी ठहर्‍याउन नमिल्ने बताएको छ ।

गत १२ जुनमा अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा पाइलट क्याप्टेन मृतक सुमीत सभरवाललाई कुनै पनि किसिमले दोषी ठहर गर्न नमिल्ने बताएको हो ।

मृतक पाइलट सभरवालका पिता पुष्कर सभरवालले दायर गरेको याचिकामा सुनवाइ गर्दै न्यायाधीश सूर्यकान्त र जायमाल्या बागचीको इजलासले कसैले पाइलटलाई दोष दिन नसक्ने टिप्पणी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मृतक पाइलटका पिता पुष्कर सभरवालले विमान दुर्घटनाको स्वतन्त्र र प्राविधिक रूपमा ठोस जाँच माग गर्दै याचिका दायर गरेका थिए । उनले सर्वोच्चका अवकाश प्राप्त न्यायाधीशले घटनाको जाँच गर्नुपर्ने माग गरेका थिए ।

‘यो एकदमै दुर्भाग्यपूर्ण दुर्घटना हो,’ याचिका दायर गरेका सभरवाललाई सम्बोधन गर्दै इजलासले भन्यो, ‘तर, तपाईंले आफ्ना छोरालाई दोषी ठहर गर्छन् भन्ने ठानेर बोझ उठाउनु पर्दैन, हामी स्पष्ट गर्न चाहन्छौं– विशेषगरी यस त्रासदीका लागि पाइलटलाई दोषी ठहर गर्न सकिँदैन ।’

अदालतले सूचना जारी गरेर केन्द्र सरकार, नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) र अन्य सरोकारवालासँग याचिकाबारे जवाफ मागेको छ ।

गत १२ जुनमा भारतको अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा २६० जनाको मृत्यु भएको थियो । जसमध्ये १२ जना चालक दलका सदस्य थिए भने १९ जना जमिनका समेत मारिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?