+
+
Shares

एयर इन्डियाको विमान मुम्बईमा अवतरणका क्रममा दुर्घटनाबाट जोगियो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १६:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एयर इन्डियाको एआई २७४४ नम्बरको विमान सोमबार विहान मुम्बईको छत्रपति शिवाजी महाराज विमानस्थलमा अवतरण गर्दा रनवेबाट चिप्लिएको छ।
  • घटनामा तीनवटा टायर पड्किएको र इन्जिनमा क्षति पुगेको आशंका गरिएको छ भने सबै यात्रु र चालक दल सुरक्षित छन्।
  • नागरिक उड्डयन महानिर्देशनालयका अधिकारीहरूले घटनाको थप अनुसन्धानका लागि घटनास्थलमा पुगेका छन्।

५ साउन, काठमाडौं । केरलाको कोचीबाट मुम्बई आएको एयर इन्डियाको विमान सोमबार विहान अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएको छ। यद्यपी ठुलो दुर्घटना भने हुन पाएन।

भारी वर्षा भइरहेका बेला सोमबार विहान मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय समयअनुसार करिब ९:३० बजे उक्त घटना घटेको हो ।

एयर इन्डियाका अनुसार एआई २७४४ नम्बरको विमान अवतरणपछि रनवेबाट बाहिर गएको थियो तर सुरक्षित रूपमा गेटसम्म पुगेको र सबै यात्रु तथा चालक दलका सदस्यहरू सुरक्षित रहेको जानकारी दिएको छ। कसैलाई चोटपटक लागेको छैन।

यता केही स्रोतहरूले भने विमान अवतरणका क्रममा तीनवटा टायर पड्किएको र इन्जिनमा पनि क्षति पुगेको आशंकासहित जानकारी दिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। विमानलाई हाल जाँचका लागि ग्राउन्ड गरिएको छ।

विमानस्थलका अनुसार घटनापछि आपतकालीन टोली तुरुन्त सक्रिय गरिएको थियो। रनवे ०९/२७ मा सानो क्षति भएको र सञ्चालनलाई निरन्तरता दिनका लागि सहायक रनवे १४/३२ प्रयोग गरिएको छ।

स्रोतका अनुसार विमान रनवेबाट सर्दै गएर हिलो क्षेत्रमा पुगेको भएपनि उच्च गतिका कारण फसेन। घटनाबारे थप अनुसन्धानका लागि नागरिक उड्डयन महानिर्देशनालयका अधिकारी घटनास्थलमा पुगेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?