फाइल तस्वीर
६ माघ, काठमाडौं । चुनावका लागि भारतीय सहयोगको गाडी नेपाल आइपुगेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार सहयोगको पहिलो लटको गाडी आइपुगेको हो ।
गृह मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराएको हो । कार्यक्रममा बोल्दै काफ्लेले भने, ‘भारतबाट पहिलो लटमा आएका गाडी आएका छन् । हस्तान्रण हुन बाँकी छ ।’
पहिलो लटमा के कति गाडी आएको हो भनेर गृह मन्त्रालयले खुलाएको छैन । भारतीय सहयोगको गाडी हस्तान्तरण कार्यक्रम दिउँसो ३ बजेका लागि तय भएको छ ।
त्यसपछि बल्ल कति गाडी आए भन्ने यकिन हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4