सर्लाही । प्रतिनिधि सभा निर्वाचनको हट स्पट मानिएको सर्लाही क्षेत्र नम्बर ४ को मतपरिणाम अझै सार्वजनिक भएको छैन । बिहान १० बजेदेखि मतगणना सुरु भए पनि कुन उम्मेदवारले कति मत पाए भन्ने जानकारी औपचारिक रुपमा दिइएको छैन ।
यो क्षेत्रमा नेपाली कांग्रेसका गगन कुमार थापा र रास्वपाका अमरेश कुमार सिंहलगायत प्रतिस्पर्धामा छन् ।
अनौपचारिक रुपमा सार्वजनिक गरिएको प्रारम्भिक मत अनुसार रास्वपाका उम्मेदवार सिंहभन्दा कांग्रेस सभापति थापा पछाडि देखिए पनि यसको पुष्टि हुन सकेको छैन ।
गोडैताको श्री वेणी भोला नमूना माविमा मतगणना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4