२३ फागुन, बागलुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ-२ मा जारी मतगणनाको रास्वपा र कांग्रेसबीच कडा प्रतिस्प्रर्धा भएको छ ।
३८ हजार ३०४ मतगणना भइसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मा र नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेलबीच जम्मा १४४ मतान्तर रहेको छ ।
शर्माले १० हजार २६० मत प्राप्त गर्दा कांग्रेसका पौडेलले १० हजार ११६ मत प्राप्त गरेका छन् ।
क्षेत्रनम्बर २ मा अझै ९ हजार २२३ मत गणना गर्न बाँकी छ । यसैगरी नेकपाका ज्ञामनाथ गैरे (तारा)ले ८ हजार ७५५ मत प्राप्त गर्दा नेकपा एमालेका मञ्जु शर्मा चालिसे (सूर्य) ले ५ हजार ६०९ मत प्राप्त गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4