२३ फागुन, बागलुङ । बागलुङ क्षेत्र नम्बर-१ मा मतगणना जारी रहँदा रास्वपाका सुशील खड्का फराकिलो मतान्तरसहित अग्रता कायमै रहेको छ ।
हालसम्म गणना गरिएको जम्मा ३५ हजार ७२७ मतमा रास्वपाका खड्काले कांग्रेसका भीम श्रीसलाई ७ हजार ४२ मतले पछाडि पारेका छन् । खड्काले १५ हजार २११ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका श्रीसले ८ हजार १६९ मत प्राप्त गरेका छन् । यस्तै एमालेका हिराबहादुर केसीले ७ हजार १८३ मत प्राप्त गरेका छन् ।
यस्तै राजमोका कृष्ण अधिकारीले तीन हजार ३० मत र राप्रपाका कल्याण विक्रम आचार्यले ३४६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका सहायक निर्वाचन अधिकृत पूर्ण प्रसाद शर्माले जानकारी दिए ।
मतगणना दुई स्थानमा थालिएको सहायक निर्वाचन अधिकृत पूर्ण प्रसाद शर्माले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4