News Summary
Generated by OK AI. Editorially reviewed.- हरिचौर–मल्म–पाण्डवखानी सडक निर्माणको ठेक्का २०७९ भदौमा २५ करोड २० लाख रुपैयाँमा सम्झौता भए पनि तीन वर्ष बित्दा पनि काम ७० प्रतिशत मात्र सम्पन्न भएको छ।
- सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी विष्णु लामिछानेले समयमै काम नसक्दा दोस्रो पटक म्याद थप गरिएको जानकारी दिनुभयो।
- वल्र्डवाइड÷लोपूर्ण जेभी निर्माण कम्पनीले जिम्मा लिएको सडक स्तरोन्नति भएपछि गलकोट नगरपालिका, बडिगाड र निसीखोला गाउँपालिका सिधा सडकमार्फत जोडिनेछ।
९ चैत, गलकोट (बागलुङ) । दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी सडक निर्माण व्यवसायीले तीन वर्ष बित्दा पनि सम्पन्न गरेको छैन ।
एक निर्वाचन क्षेत्र एक रणनैतिक सडकअन्तर्गत सो सडक स्तरोन्नति हुन नसक्दा स्थानीय समस्यामा परेका छन् । उक्त सडक २०७९ सालको भदौमा सम्झौता भएको थियो ।
सम्झौता अनुसार काम गरेको भएमा २०८१ सालको भदौमा हस्तान्तरण भइसक्नुपर्ने थियो । आठ किमि सडक कालोपत्रका लागि दुई पटक ठेक्का सम्झौता थप गरे पनि ७० प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी विष्णु लामिछानेले समयमै काम नसक्दा दोस्रो पटक म्याद थप गरेको जानकारी दिए ।
सडक निर्माणको जिम्मा वल्र्डवाइड÷लोपूर्ण जेभी निर्माण कम्पनीले लिएको थियो । स्थानीयले गत कात्तिकमा निर्माण व्यवसायी विरुद्ध आन्दोलन गरेका थिए ।
सुरुमा भुक्तानीको समस्या देखाउँदै निर्माण व्यवसायीले काम गर्न आनाकानी गरेको थियो । २०७९ भदौमा २५ करोड २० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।
उक्त खण्डको सुरुको हरिचौर–मल्लसम्मको आठ किमि सडक स्तरोन्नति, ढलान र कालोपत्र गर्ने सम्झौता भएको थियो । उक्त सडक कालोपत्र भएपछि बागलुङको गलकोट नगरपालिका र बडिगाड गाउँपालिकाहुँदै निसीखोला गाउँपालिका सिधा सडकमार्फत जोडिन सहज हुने छ ।
प्रतिक्रिया 4