+
+
Shares

उम्मेदवार जिताउन नसकेको भन्दै एमाले बागलुङ नगर अध्यक्षले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते २१:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले बागलुङ नगर कमिटीका अध्यक्ष रामकृष्ण शर्माले नैतिकताका आधारमा अध्यक्ष पदबाट राजीनामा दिएका छन्।
  • शर्माले प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले उम्मेदवार हिराबहादुर केसीलाई जिताउन नसकेको भन्दै राजीनामा दिएका हुन्।
  • उनले पार्टी पुनर्गठन आवश्यक भएकाले सुरुवात आफूबाट गरेको उल्लेख गरेका छन्।

२६ फागुन, बागलुङ । नेकपा एमाले बागलुङ नगर कमिटीका अध्यक्ष रामकृष्ण शर्माले अध्यक्ष पदबाट नैतिकताका आधारमा राजीनामा दिएका छन् ।

एमाले उम्मेदवारलाई जिताउन नसकेको र एमालेको राजनीतिमा उत्साह ल्याउन नसकेको आत्माआलोचना गर्दै उनले नगर कमिटिका उपाध्यक्षलाई सम्वोधन गरेर औपचारिक रूपमा राजीनामा पत्र पेस गरेका हुन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बागलुङ क्षेत्र नंम्बर १ बाट एमालेका उम्मेदवारी हिराबहादुर केसीलाई जिताउन नसकेको भन्दै नैतिकताको आधारमा राजीनामा दिएको बताए ।

बागलुङ नगरपालिकाका कार्यकर्ताहरुलाई एमालेप्रति उत्साहित बनाउन नसकिएको र आम मतदाताको माग बुझ्न ढिलो भएको प्रति आत्माआलोचना गर्दै नैतिकताको आधारमा नगर अध्यक्षको पदबाट राजिनामा दिएको पनि बताएका छन् ।

शर्माले पार्टी अब पुनर्गठन गर्न अवश्यक रहेकाले सुरुवात आफूबाट गरेको पनि बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?