+
+
Shares

बागलुङमा जिप दुर्घटना, सात जना घाइते

गलकोट नगरपालिका-३ हटियाबाट बागलुङ बजारतर्फ जाँदै गरेको लु ३ च ५१५० नं को पिकअप जिप बागलुङ नगरपालिका-४ रातमाटामा बुधबार दुर्घटनामा परेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते १८:४८
तस्वीर साभार : सामाजिक सञ्जाल

४ चैत, बागलुङ । बागलुङमा बोलेरो जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । गलकोट नगरपालिका-३ हटियाबाट बागलुङ बजारतर्फ जाँदै गरेको लु ३ च ५१५० नं को पिकअप जिप बागलुङ नगरपालिका-४ रातमाटामा बुधबार दुर्घटनामा परेको हो ।

दुर्घटनामा जिप चालक गलकोट नगरपालिका–३ नौबिसे टोलका २५ वर्षीय यादव खत्री, सोही वडाका ७३ वर्षीया दिलकुमारी सहनी, गलकोट–९ का ५६ वर्षीय देवबहादुर केसी, गलकोट–४ डाँडा खेतका २६ वर्षीया शारदा खत्री, गलकोट–७ बामियाँका २४ वर्षीय रोशन थापा र सोही ठाउँका २२ वर्षीय करण सहनी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक वसन्त पाण्डेले जानकारी दिए ।

उनका अनुसार घाइते सबैको शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइते सबैलाई धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा पठाइएको पाण्डेले बताए । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?