१० फागुन, डोटी । डोटीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आइतबार दिउँसो बोगटान फुड्सिल गाउँपालिका–३ धौलाबस्ती भन्ने ठाउँमा सु.प.प्र. ०३ ००१ च ००१४ नं. को जिप दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परी बोगटान फुड्सिल गाउँपालिका–३ मेल्टाकी ६६ वर्षीया जुनादेवी साउद र १७ वर्षीया सिता साउद गम्भीर घाइते छन् । उनीहरू दुवै जनाको टाउको, खुट्टा र छातीमा चोट लागेको छ ।
यसैगरी जिपका चालक बोगटान फुड्सिल गाउँपालिका–६, पलाडीका २७ वर्षीय तिर्थ बोगटी र वडा नं. ३ मेल्टाका १९ वर्षीय शारदा साउद पनि घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइतेहरूलाई उपचारका लागि कैलालीको मायामेट्रो अस्पताल पठाइएको छ ।
बोगटानबाट दिपायलतर्फ जाँदै गरेको जिप अर्को गाडीलाई साइड दिने क्रममा ब्याक हुन गई सडकबाट करिब १५० मिटर तल खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4