+
+
Shares

संखुवासभा आइपुग्यो निर्वाचन सामग्री

सङ्खुवासभामा आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन सामग्री तथा आवश्यक मतपत्र आइपुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १० गते १६:३३

१० फागुन, सङ्खुवासभा । सङ्खुवासभामा आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन सामग्री तथा आवश्यक मतपत्र आइपुगेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र आइपुगेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, सङ्खुवासभाका अनुसार प्रत्यक्ष र समानुपातिक तर्फ मतपत्र शनिबार दिउँसो आइपुगेको हो । प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र सदरमुकाम खाँदबारी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ ।

जिल्लामा प्रत्यक्षतर्फ एक लाख २९ हजार र समानुपातिकतर्फ एक लाख ३२ हजार मतपत्र आएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए ।

नेपाली सेनाको सहयोगमा ल्याइएको मतपत्र मिलाएर राख्ने काम भइसकेको मुख्य निर्वाचन अधिकृत कोइरालाले बताउनुभयो । जिल्ला आइपुगेको मतपत्र रुजु गर्न समेत खटाइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि मतपत्र रुजु गर्ने काम सुरु गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ७१ हजार मतपत्र रुजु भइसकेको छ ।

जिल्लामा एक सय ९ मतदान स्थल र एक सय ६४ मतदान केन्द्र रहेका छन् । एकीकृत जिल्ला सुरक्षा २०८२ बमोजिम निर्वाचनका लागि दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् ।

त्यस्तैगरी प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाभर ९ सय ८४ कर्मचारी खटाइने भएको हो । एक सय ६४ मतदान केन्द ९ सय ८४ कर्मचारी खटाइदैँ छ ।

निर्वाचनलाई लक्षित गर्दै सङ्खुवासभामा जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि स्वयंसेवक परिचालन गरिएको छ । निर्वाचनका क्रममा बदर मतको संख्या न्यून बनाउने उद्देश्यसहित जिल्लाका दशवटै पालिकामा स्वयंसेवक परिचालन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?