१७ माघ, संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१० इखम्बुमा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ ।
खुकुरी प्रहारबाट ४७ वर्षीय लिला प्रसाद राईको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिए ।
शनिबार दिउँसो पौने ४ बजे स्थानीय छिमेकी ५९ वर्षीय शिव कुमार राईको खुकुरी प्रहारबाट लिलाको मृत्युु भएको प्रहरी निरीक्षक अर्यालको भनाइ छ ।
गाईवस्तुले घाँस खाएको निहुँमा भएको विवादले उग्ररुप लिएपछि शिव कुमारले लिला प्रसादको छातिमा खुकुरी प्रहार गरेको र उनको घटनास्थलमै मृत्युु भएको स्थानीयको भनाइ छ ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राईको नेतृत्वको टोली घटनास्थल पुगेर खुकुरी प्रहार गर्ने शिव कुमारलाई नियन्त्रणमा लिएको छ ।
शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4