+
+
Shares

अत्यधिक रक्तस्राव भएपछि संखुवासभाबाट एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार सरुलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको छ ।

भविन कार्की भविन कार्की
२०८२ चैत ४ गते १८:१०

४ चैत, संखुवासभा । अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । बुधबार(आज) नै सुत्केरी भएकी मकालु गाउँपालिका–१ की २८ वर्षीया सरु राईको अत्यधिक रक्तस्राव भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार सरुलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको छ ।

सरुले आजै बिहान ८ बजे जिल्ला अस्पताल संखुवासभामा शल्यक्रियामार्फत शिशुको जन्म दिएकी थिइन् । त्यसपछि अत्यधिक रक्तस्राव भएर स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

उनलाई संखुवासभाबाट उद्धार गरेर काठमाडौंको थापाथलीस्थित प्रसूति गृहमा पठाइएको जिल्ला अस्पतालका प्रमुख सन्तोष देवले  जानकारी दिए ।

संखुवासभाबाट यसै आर्थिक वर्ष २०८२/८३ मा एक दर्जन सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार भइसकेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?