१० वैशाख, संखुवासभा । संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–१ मा माछा मार्न गएका एक पुरुष जालमा बेरिएर मृत अवस्थामा फेला परेका छन् । स्थानीय ३९ वर्षीय धन्दुराम राई मृत अवस्थामा फेला परेको सिलिचोङ–१ का वडाध्यक्ष अनिश राईले जानकारी दिए ।
मृतक धन्दुराम बुधबार दिउँसो माछा मार्नका लागि संखुवा खोलातर्फ गएका थिए । तर लामो समयसम्म घर नफर्किएपछि खोजीका लागि परिवार र छिमेकीले बिहीबार बिहान स्थानीय प्रहरी चौकीमा निवेदन दिएका थिए ।
त्यसपछि खोजी गर्ने क्रममा राई मृत अवस्थामा खोलामा भेटिएको वडाध्यक्ष राईले बताए । खोलाभित्र माछा मार्ने जालमा बेरिएको अवस्थामा उनको शव फेला परेको हो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4