+
+
Shares

बागलुङमा धमाधम भेटिँदै एउटै नम्बरका एक हजारका नक्कली नोट

नेपाल बैंक बागलुङका अनुसार अहिले १८ वटा भन्दा बढी एक हजारका एउटै नम्बरका नोट फेला परेका छन् ।

खेमराज गौतम खेमराज गौतम
२०८२ चैत ११ गते १९:१४

११ चैत, बागलुङ । बागलुङमा एक हजारका नक्कली नोट फेला परेका छन् । बागलुङ बजारका विभिन्न बैंकमा एउटै नम्बरको एक हजारका विभिन्न नोट फेला परेका छन् ।

नेपाल बैंक बागलुङका अनुसार अहिले १८ वटा भन्दा बढी एक हजारका एउटै नम्बरका नोट फेला परेका छन् । बैंकमा रकम जम्मा गर्न ल्याएको एक हजारका नोटको गड्डीभित्र नक्कली नोट फेला परेको नेपाल बैंक लिमिटेड बागलुङ शाखाका प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए ।

बागलुङमा रहेका नेपाल बैंक, प्रभु बैक, गरिमा विकास बैंक, एनएमबी बैंक र सिद्धार्थ बैकलगायतका बैंकमा एक हजार रुपैयाँका एउटै नम्बरका नोट फेला परेको उनले बताए । कुँवरले झ ७९१६९०३३ नम्बरको नोट दोहोरो फेला पर्न थालेको बताउँदै सचेत रहन आग्रह गरे ।

नक्कली नोटमा कागजको गुणस्तर, राष्ट्रिय फूल, स्टिकर र सुरक्षात्मक चिन्ह फरक पाइएको र नम्बर नै एउटै पाइएको छ ।

नक्कली नोटको विषयमा नेपाल राष्ट्र बैंकमा समेत जानकारी गराएको बैंकर्स क्लब बागलुङको अध्यक्ष श्रीजय श्रेष्ठले बताए । उनले चैते दसैँलगायत भिडभाडको मौका छोपी नक्कली नोट आएको हुनसक्ने अनुमान गरे । उनले नक्कली नोट बाक्लो हुने र छिटो खुम्चने गरेको पाइएकाले सचेत रहेर कारोबार गर्न आग्रह गरे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?