+
+
Shares

बाटो खन्ने क्रममा पुरिएर एस्काभेक्टर चालकको मृत्यु  

रासस रासस
२०८२ चैत ११ गते १९:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लमजुङको मर्स्याङ्दी गाउँपालिका–२ मा सडक खन्ने क्रममा एस्काभेटर चालक विक्की महतो पुरिएर मृत्यु भएका छन्।
  • ढुङ्गासहितको पहिरो आएर पुरिएको अवस्थामा उद्धार गरी अस्पताल ल्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
  • प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र शव परीक्षणका लागि आफन्तको पर्खाइमा रहेको जनाएको छ।

११ चैत, लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–२ मा सडक खन्ने क्रममा पुरिएर आज एक एस्काभेटर चालकको मृत्यु भएको छ ।

भाचे–भदौरे सडकखण्ड फराकिलो बनाउने क्रममा नवलपुर (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१२ स्थायी ठेगाना भएका अन्दाजी २० वर्षीय विक्की महतो एस्काभेटरसहित पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

ढुङ्गासहितको पहिरो आएर पुरिएको र उद्धार गरी बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका लागि ल्याएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको शव अस्पतालमै राखिएको छभने आफन्तलाई जानकारी गराइसकेकाले आफन्त आएपछि बिहीबार मात्र शव परीक्षण गरेर बुझाउने प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?