News Summary
Generated by OK AI. Editorially reviewed.- चीनको जिलिन प्रान्तको चाङ्चुन नजिकैबाट सातवटा कुकुरहरू चोरी भएर १७ किलोमिटर यात्रा गरी घर फर्किएका छन्।
- कुकुरहरूलाई मासु व्यापारका लागि चोरी गरिएको आशङ्का छ र उनीहरूले ट्रकबाट भागेर राति शून्य डिग्रीभन्दा तल तापक्रममा एकअर्कालाई छोडेनन्।
चीनको उत्तर-पूर्वी जिलिन प्रान्तको राजधानी चाङ्चुन नजिकैको एउटा सानो गाउँबाट सातवटा कुकुरहरू हराएका थिए । तिनीहरूले १७ किलोमिटरभन्दा बढी यात्रा गरेर घर फर्किएको घटना विश्वभर भाइरल बनेको छ।
घटना यस्तो थियो:
मार्च १६, २०२६ को रात । चाङ्चुन नजिकैको सानो गाउँबाट सातवटा कुकुरहरू अचानक हराए । उनीहरूलाई कुकुरको मासु व्यापारसँग जोडिएका चोरहरूले चोरेर ट्रकमा हालेका थिए ।
ट्रक गुडिरहेको थियो । चोरहरूको गन्तव्य कुनै अँध्यारो बजार थियो, जहाँ यी निर्दोष प्राणीहरूको जीवन समाप्त हुन सक्थ्यो। तर यी कुकुरहरूले ट्रकबाट भाग्ने साहस गरे । ट्रकबाट खसेर उनीहरू व्यस्त चाङ्सुआङ एक्सप्रेस सडकको किनारमा पुगे- घरबाट १७ किलोमिटर टाढा, अज्ञात बाटो र अन्धकार रातमा ।
तापक्रम शून्य डिग्रीभन्दा पनि तल झरिसकेको थियो । हावा चिसो र तिखो थियो । तर उनीहरूले एक-अर्कालाई छोडेनन् । भिडियोमा देखिन्छ – उनीहरू सँगै हिँड्छन्, सँगै रोकिन्छन् । जर्मन शेफर्डको खुट्टामा चोट लागेको थियो, ऊ लडखडाउँदै थियो । बाँकी ६ वटाले उसलाई घेरेर जोगाउँथे, पर्खिन्थे र सँगै हिँडाउँथे । कसैले पनि एक्लै भाग्ने कोसिस गरेन । एउटा सानो तर एकाग्र कोरगी कुकुरले अगाडि नेतृत्व गर्दै थियो भने बाँकी कुकुरहरूले खुट्टामा चोट लागेर लडखडाउँदै गरेको जर्मन शेफर्डलाई घेरेर जोगाउँदै र पर्खिँदै सँगै हिँडिरहेका थिए ।
‘नो डग लेफ्ट बिहाइन्ड’ – यो उनीहरूको मौन वाचा जस्तै थियो ।
मार्च १७ को राति एक जना ड्राइभर लुले यो दृश्य देखे । सातवटा कुकुरहरू हाईवेमा लाइन लागेर हिँडिरहेका थि ए। उनीहरूको आँखामा डर थियो, तर दृढता पनि थियो । लुले भिडियो खिचे र सामाजिक सञ्जालमा पोस्ट गरे । त्यो भिडियो भाइरल भयो । सोसल मिडियामा २३० मिलियनभन्दा बढी भ्यूज पुग्यो ।
भिडियोमा सुनौलो रङको गोल्डेन रिट्रिभर, लेब्राडोर, जर्मन शेफर्ड, पेकिनिज जस्ता विभिन्न जातका कुकुरहरू व्यस्त राजमार्गमा हिँडिरहेको देखिन्छ । उनीहरूको अगाडि एउटा कोरगी जातको कुकुरले नेतृत्व गर्दै थियो, जसलाई चिनियाँ सञ्चारमाध्यमले ‘डापाङ’ अर्थात् ‘बिग फ्याटी’ भनेर चिनाएका छन् ।
स्ट्रे कुकुर उद्धार केन्द्रकी स्वयंसेवक टोङ टोङले भिडियो देखेर निकै चिन्तित भइन् । शून्य डिग्रीभन्दा कम तापक्रममा ती कुकुरहरूले खाना र पानी नपाएको देखिपछि उनी गाउँ-गाउँमा ढोका ढकढक्याएर खोज्न थालिन् र हराएका कुकुरको सूचना पर्चा टाँसिन् ।
‘मार्च १८ को बिहान म बिउँझिँदा चाङ्चुनमा हिउँ परिरहेको थियो, ‘उद्धार केन्द्रले पोस्ट गरेको भिडियोमा टोङ टोङले भनिन्, ‘मलाई यी सात कुकुरहरूको विशेष चिन्ता लागिरहेको थियो । उनीहरूले खान पए कि पाएनन् पानी पिउन पाए कि पाएनन् भन्ने डर थियो । त्यसैले मैले ड्रोन उडाएर खोज्न थालेँ ।’
कसरी हराएका थिए यी कुकुरहरू ?
मार्च १९ मा ती कुकुरहरू घर फर्किएको खबर आएको थियो । तीमध्ये तीनवटा कुकुर चाङ्चुन नजिकको गाउँमा बस्ने एक महिलाका थिए । ती महिलाले चिनियाँ सञ्चारमाध्यमलाई बताएअनुसार उनी चार दिनदेखि कुकुरहरू खोजिरहेकी थिइन् र अब भेटिँदैन होला भनेर हार मानिरहेकी थिइन् । मार्च १८ मा डापाङ घरमा पसेपछि उनी निकै खुसी भइन् । त्यसपछि उनले नजिकका गाउँहरूमा खोज्दा बाँकी कुकुरहरू अर्को गाउँलेले राखेको फेला पारिन् ।
उनीहरूलाई कुकुरको मासु व्यापारका लागि चोरिएको हुन सक्ने आशंका व्यक्त गरेका थिए । चीनका केही भागमा अझै पनि कुकुरको मासु खाने प्रचलन छ । तर अरूले उनीहरूलाई पाल्तु जनावरको रूपमा बेच्न वा अन्य प्रयोजनका लागि चोरिएको वा आफैं हराएको हुन सक्ने अनुमान गरेका छन् ।
एउटा वीबो प्रयोगकर्ताले लेखेका छन्, ‘यो भिडियो हेर्दा रुन मन लाग्यो । कुकुरहरू मानिसका सधैंका साथी हुन् ।’
यो घटनाले धेरैलाई भावुक बनाएको छ र कुकुरप्रतिको प्रेम तथा उनीहरूको वफादारीबारे फेरि चर्चा, बहस चलेको छ । सातवटा कुकुरहरूले चिसो मौसम, व्यस्त सडक र थकानका बाबजुद एकअर्कालाई छोडेर नहिँड्ने र घरको बाटो आफैं फर्किने साहस देखाएका छन् ।
गार्जियनबाट
प्रतिक्रिया 4