+
+
Shares

गोदावरी जंगलको भीरमा ४ दिनदेखि फसेको कुकुरको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते १८:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको गोदावरी वनमा चार दिनदेखि फसेको कुकुरलाई १३ माघमा प्रहरी वृत्त गोदावरीको टोलीले उद्धार गरेको छ।
  • कुकुर सडकमा बस्ने गरेको र कसैले वनमा लगेर फ्याँकेको तर भीरमा फसेर फर्किन नसकेको पशु अधिकारकर्मीले बताए।
  • उक्त क्षेत्र सीसीटीभी नरहेकाले कसले कुकुर फ्याँकेको पत्ता लाग्न नसकेको छ।

१५ माघ, काठमाडौं । ललितपुरको गोदावरी वनमा चार दिनदेखि फसेको एक कुकुरको उद्धार गरिएको छ । प्रहरी वृत्त गोदावरीको टोलीले वनभित्र फसेको कुकुरलाई १३ माघमा उद्धार गरेको हो ।

जङ्गलबाट कुकुरको लगातार आवाज आइरहेको भन्ने सूचना आएपछि प्रहरी, वन कार्यलयका कर्मचारी, स्थानीय र अभियन्तासहित ८ जना समूह कुकुरको खोजीमा गएको थिए । जङ्गलभित्रको अफ्ठ्यारो र ठाडो उकालो कटेपछि भीरमा कालो रङको कुकुर भेटिएको प्रहरीले जनाए ।

प्रहरीका अनुसार कुकुरको खोजीमा गएको टोली बिहान १० जंगल छिरेको थियो । तीन घण्टा पछि उक्त कुकुर फेला परेको थियो । अहिले उक्त कुकुरलाई सामान्य उपचारपछि सुरक्षित स्थानमा राखिएको छ ।

त्यो कुकुर सडकमा बस्ने गरेको र कसैले वनमा लगेर फ्याँकेको तर भीरमा फसेर फर्किन नसकेको एक पशु अधिकारकर्मी बताउँछन् ।

कुकुर अड्केको ठाउँ वस्तीदेखि टाढा भएको, खासै आवतजावत नहुने भएकाले धेरैले कुकुरलाई फाल्ने गरेको उनले बताए।

यो कुकुर भने लगातार कराइरहेका कारण उद्धार गर्न सकिएको उनको भनाइ छ । त्यस्तै उक्त क्षेत्रमा सीसीटीभी नरहेकाले कसले कुकुर फ्याँकेको भनेर पत्ता लागि नसकेको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?