+
+
Shares

बल्खुमा कुकुरमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १६:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको बल्खु क्षेत्रमा कुकुरलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा रिंकु खत्री नामक व्यक्ति पक्राउ परेका छन्।

१४ पुस, काठमाडौं । कुकुरलाई कुटपिट गरी गम्भीर घाइते बनाएको घटनामा संलग्न एक व्यक्ति पक्राउ परेका छन् । ती व्यक्तिले काठमाडौंको बल्खु क्षेत्रमा कुकुरमाथि आक्रमण गरेका थिए ।

पशु अधिकारकर्मी स्नेहा श्रेष्ठका अनुसार काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको सडक कुकुर बन्द्याकरण कार्यक्रमअन्तर्गत कुकुर उठाउने क्रममा उक्त कुकुर घाइते अवस्थामा फेला परेको थियो ।

कुकुर टाउको फुटेको अवस्थामा फैला परेपछि कुकुरमाथि आक्रमण गर्ने व्यक्तिको खोजी गरिएको थियो । करिब दुई–तीन घण्टापछि कुटपिटमा संलग्न व्यक्ति पहिचान गरिएको श्रेष्ठले बताइन् । कुटपिट गर्ने व्यक्ति रिंकु खत्री रहेको खुलेको छ । उनी घटनापछि भाग्ने प्रयास गरे पनि पुनः नियन्त्रणमा लिइएको थियो ।

घाइते कुकुर र आरोपित व्यक्तिलाई बल्खुबाट कालीमाटी प्रहरी वृत्तमा लगिएको थियो । कुकुरको तत्काल उद्धार गरी उपचार आवश्यक रहेकाले पशु अधिकारकर्मीहरूले जाहेरी दर्ताको माग गरेका थिए । प्रारम्भमा प्रहरीले लिखित उजुरी लिन आनाकानी गरेपछि सरकारी वकिल कार्यालयसम्म जाने चेतावनी दिएपछि जाहेरी दर्ता प्रक्रिया अघि बढाइएको पशुअधिकारकर्मी स्नेहाको भनाइ छ ।

उनका अनुसार प्रहरीले उपचार खर्च लिएर मिलापत्र गर्ने प्रस्तावसमेत गरेको थियो । तर त्यसमा सहमत नभई कानुनी प्रक्रिया अघि बढाइएको श्रेष्ठले बताइन् ।
यसैबीच, कालीमाटी प्रहरी वृत्तका असई टंकप्रसाद बस्ताकोटीले उजुरी लिइसकेको र घटनाबारे थप छलफल तथा अनुसन्धान भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?