+
+
Shares

सत्यनारायण साफीलाई १ लाख ५ हजार सहयोग

सिरहा बरियारपट्टी गाउँपालिका-२ का साफीलाई नेपाली कांग्रेस मधेशकी नेतृ शर्मिला थापाले १ लाख ५ हजार रुपैयाँ सहयोग गरेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १७:५८

१४ पुस, जनकपुरधाम । एमबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेका सत्यनारायण साफीलाई आर्थिक सहयोग प्राप्त भएको छ ।

सिरहा बरियारपट्टी गाउँपालिका-२ का साफीलाई नेपाली कांग्रेस मधेशकी नेतृ शर्मिला थापाले १ लाख ५ हजार रुपैयाँ सहयोग गरेकी हुन् ।

नेतृ थापाले साफीको साहस, समर्पण र निरन्तर संघर्षलाई सम्मान गर्दै भविष्यमा अझ सशक्त रूपमा अघि बढ्न हौसला प्रदान गर्ने उद्देश्यले घरमै पुगेर उक्त रकम हस्तान्तरण गरेकी हुन् ।

कठिन संघर्षलाई सफलतामा रूपान्तरण गर्दै नेपाली युवाहरूका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको र उनलाई पढाइमा निरन्तरता दिन रकम आवश्यक भएकोले सहयोग गरेको उनको भनाइ छ ।

दैनिक ज्यालादारी मजदुरी गर्दै आफ्नो र परिवारको जीविका चलाउँदै आएका साफी पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्न नाम निकालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?