News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले साफ यू-२० च्याम्पियनसिपमा श्रीलंकालाई १-० ले पराजित गरी लगातार दोस्रो जित निकालेको छ।
- सुवास बमले २४औं मिनेटमा एकमात्र गोल गर्दै नेपालको जित सुनिश्चित गरे।
- नेपालले लगातार दुई जितपछि ६ अंक जोडेको छ र सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनेको छ।
११ चैत, काठमाडौं । सुवास बमको एकमात्र गोलमा नेपालले साफ यू-२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ ।
माल्दिभ्समा भइरहेको प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा बुधबार श्रीलंकालाई १-० ले पराजित गर्यो ।
नेपालको जितमा सुवासले २४औं मिनेटमा गोल गरेका थिए । यसबाहेह पनि विभिन्न अवसर सिर्जना गरेपनि गोल भने थप्न सकेन ।
नेपालले पहिलो खेलमा भुटानलाई हराएको थियो । लगातार २ जितपछि नेपालको ६ अंक भएको छ र सेमिफाइनल सम्भावना बलियो बनेको छ ।
दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहेको साफ यू-२० च्याम्पियनसिपमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
प्रतिक्रिया 4