+

राखेपलाई अप्रिय निर्णय नगर्न एन्फाको आग्रह : निर्वाचन गर्न बाध्यात्मक स्थिति बन्यो

२०८२ चैत  ११ गते १६:४१ २०८२ चैत ११ गते १६:४१
राखेपलाई अप्रिय निर्णय नगर्न एन्फाको आग्रह : निर्वाचन गर्न बाध्यात्मक स्थिति बन्यो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्धारित मितिमै निर्वाचन गर्ने अडान दोहोर्‍याउँदै राष्ट्रिय खेलकुद परिषदलाई जवाफी पत्र पठाएको छ।
  • एन्फाले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८(ड) र दफा २९(१) अनुसार कुनै उल्लंघन नभएको स्पष्ट पारेको छ।
  • एन्फाले निर्वाचन स्थगन भए अन्तर्राष्ट्रिय प्रतियोगिता र आर्थिक सहयोग रोकिने भएकाले निर्वाचन सम्पन्न गर्न राखेपलाई सहयोग गर्न अनुरोध गरेको छ।

११ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्धारित मितिमै निर्वाचन गर्ने अडान दोहोर्‍याउँदै राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई जवाफी पत्र पठाएको छ।

एन्फा महासचिव किरण राईले पठाएको पत्रमा निर्वाचन सम्पन्न गर्न प्रतिनिधि पठाई सहयोग गर्न राखेपासँग आग्रह गरिएको छ। एन्फाले आफूले परिषद र मन्त्रालयको निर्देशन उल्लंघन नगरेको दाबी गर्दै राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८(ड) र दफा २९(१) अनुसार कुनै उल्लंघन नभएको स्पष्ट पारेको छ।

पत्रमा एन्फाले राखेपबाट आएका सबै निर्देशनको समयमै पालना गर्दै लिखित जवाफ दिँदै आएको उल्लेख गरेको छ। साथै, निर्वाचनसम्बन्धी विषयमा फिफा र एएफसीको निर्देशनबारे पनि परिषदलाई जानकारी गराइसकेको जनाइएको छ।

एन्फाले आफू एक स्वायत्त संस्था भएको र फिफा तथा एएफसीको सदस्यका रूपमा उनीहरूको नियम र निर्देशन पालना गर्नु आफ्नो दायित्व भएको बताएको छ। साथै, तेस्रो पक्षको हस्तक्षेप भएमा नेपाली फुटबल अन्तर्राष्ट्रिय रूपमा निलम्बनमा पर्न सक्ने चेतावनीसमेत फिफा र एएफसीबाट आएको उल्लेख गरिएको छ।

निर्वाचन स्थगन भए अन्तर्राष्ट्रिय प्रतियोगिता, आर्थिक तथा प्राविधिक सहयोगसमेत रोकिने भएकाले निर्धारित मितिमै निर्वाचन गर्न बाध्यात्मक अवस्था रहेको एन्फाले जनाएको छ। एन्फाले राखेपलाई कुनै पनि निलम्बनको निर्णय नगर्न र निर्वाचन सम्पन्न गर्न सहयोग गर्न पुनः अनुरोध गरेको छ।

राखेपले मंगलबार एन्फालाई ‘कारबाही किन हुनु नपर्ने हो ?’ भन्ने कारण सोध्दै २४ घण्टाको अल्टिमेटमसहित पत्र पठाएको थियो ।

एन्फा निर्वाचन विवाद एन्फा विवाद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय