+

फिफा महिला सिरिजका लागि नेपालको प्रारम्भिक टोली घोषणा

२०८२ चैत  ११ गते १४:१५ २०८२ चैत ११ गते १४:१५
फिफा महिला सिरिजका लागि नेपालको प्रारम्भिक टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघले थाइल्यान्डमा हुने फिफा महिला सिरिजका लागि ३२ खेलाडीको प्रारम्भिक टोली बुधबार घोषणा गरेको छ।
  • थाइल्यान्डमा आयोजना हुने प्रतियोगितामा नेपाल, कंगो, ओसियाना क्षेत्रको टिम र थाइल्यान्ड गरी चार राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।
  • प्रतियोगितामा विजेता दुई टोली र पराजित दुई टोली फेरि एकआपसमा भिड्नेछन् र ओसियाना क्षेत्रको टिमको टुंगो लाग्न बाँकी छ।

११ चैत, काठमाडौं । थाइल्यान्डमा हुने फिफा महिला सिरिजका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक टोलीको घोषणा गरेको छ । एन्फाले बुधबार ३२ खेलाडी सम्मेलित प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

एसियाली राष्ट्र थाइल्यान्ड आयोजक रहने उक्त प्रतियोगितामा नेपाल, कंगो र ओसियाना क्षेत्रको एक टिम गरी चार राष्ट्रले खेल्नेछन् । नेपालले कंगोसँग र थाइल्यान्डले ओसियाना क्षेत्रको एक टिमसँग खेल्नेछन् ।

विजेता दुई टोली र पराजित हुने दुई टोली फेरि एकआपसमा भिड्नेछन् । ओसियाना क्षेत्रको टिमको टुंगो लाग्न बाँकी छ ।

नेपालको नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ भने टिममा छैनन् । उनको घुँडाको शल्यक्रिया भर्खरै भएको छ

प्रारम्भिक टोलीका ३२ खेलाडी

अनिता बस्नेत, अनिता केसी, अनिता लम्जेल, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, अस्मिता नेपाली, वर्षा ओली, बिमला विक, बिर्सना चौधरी, दीपा शाही, गीता राना, हिरा भुजेल, जेनिफर राना, मनमाया दमाई, मीना देउवा, नेहा कुमारी चौधरी, निशा थोकर, पूनम चेम्जोङ, प्रतिक्षा चौधरी, प्रीति राई, पूजा राना, पूर्णिमा राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सविना चौधरी, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु, सुक्रिया मिया, शुशिला कुमारी चौधरी र उषा नाथ

नेपाली महिला फुटबल टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय