News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय टोलीका अलराउन्डर करण केसी जापान प्रिमियर लिग टी–२० प्रतियोगितामा कान्साई चार्जर्सबाट खेल्ने भएका छन्।
- जापानको जेपीएल प्रतियोगिता मे महिनामा गोल्डेन वीकमा तीन दिनसम्म सञ्चालन हुनेछ।
- प्रतियोगितामा प्रत्येक टोलीले एक–एक खेल खेल्नेछन् र शीर्ष दुई टोलीबीच फाइनल हुनेछ।
११ चैत, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर करण केसीले जापान प्रिमियर लिग (जेपीएल) टी–२० प्रतियोगितामा कान्साई चार्जर्सबाट खेल्ने भएका छन्।
जापानको उच्च स्तरको घरेलु टी–२० प्रतियोगिता जेपीएलमा पूर्व, पश्चिम, दक्षिण र उत्तर कान्टो तथा कान्साई क्षेत्रका प्रतिनिधि टोलीहरू सहभागी हुन्छन्।
प्रतियोगिता मे महिनामा पर्ने ‘गोल्डेन वीक’ का अवसरमा सानो अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तीन दिनसम्म सञ्चालन हुन्छ।
प्रतियोगितामा प्रत्येक टोलीले एकअर्कासँग एक–एक खेल खेल्नेछन् भने शीर्ष दुई टोलीबीच फाइनल हुनेछ।
प्रतियोगिताका सबै खेलहरू लाइभ प्रसारण हुनेछन्।
प्रतिक्रिया 4