+

साम्बाको घुँडाको सफल शल्यक्रिया, भन्छिन्– अबको ध्यान पुनरागमनमा

२०८२ चैत  ११ गते ८:०८ २०८२ चैत ११ गते ८:०८
साम्बाको घुँडाको सफल शल्यक्रिया, भन्छिन्– अबको ध्यान पुनरागमनमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारीको घुँडाको सफल शल्यक्रिया भएको छ।
  • साम्बाले सामाजिक सञ्जालमा उपचारपछि पुनर्स्थापना प्रक्रिया सुरु गर्ने र अवस्था सहज भएपछि कतारमा रिहाब गर्ने योजना रहेको बताएकी छन्।
  • साम्बाले उपचारमा सहयोग गर्ने वेलिंगटन र अकल्यान्डका नेपाली समुदाय, क्लब र व्यवस्थापन टिमप्रति आभार व्यक्त गरेकी छन्।

१० चैत, काठमाडौं । नेपाली महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को घुँडाको सफल शल्यक्रिया भएको छ ।

साम्बाले सामाजिक सञ्जालमा एक तस्वीर पोस्ट गर्दै न्युजिल्यान्डको अकल्यान्डमा डाक्टर साइमन र उनको टोलीले शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको बताएकी हुन् । खाडी क्षेत्रमा अवस्था सहज नभएकाले कतारस्थित एस्पेटार पुग्न कठिन भएपछि न्युजिल्यान्डमै उपचार गरिएको हो।

अब उनी डाक्टरको निगरानीमा पुनर्स्थापना (रिह्याब) प्रक्रिया सुरु गर्नेछिन्। अवस्था सामान्य भएपछि कतारको एस्पेटारमा रिहाबलाई निरन्तरता दिने योजना रहेको उनले बताएकी छन्।

अस्ट्रेलियन ‘ए’ लिगमा वेलिङटन फोनिक्सबाट खेल्ने साम्बा गत पुसमा खेलकै क्रममा चोटग्रस्त भएकी थिइन् । गोलरक्षकसँग ठोक्किँदा उनको दायाँ घुँडाको एसीएल टियर भएको थियो ।

त्यसको करिब दुई महिनापछि फागुनमा साम्बाले उपचारमा एन्फाले सहयोग नगरेको गुनासो गर्दै आर्थिक सहयोगको अपिल गरेकी थिइन् । उनको अपिलपछि विश्वभरबाट नेपाली समर्थकहरूले आर्थिक सहयोग जुटाएका थिए ।

साम्बाको सार्वजनिक अपिलपछि एन्फाले पनि स्पष्टिकरण दिँदै साम्बाको उपचारका लागि आवश्यक पत्राचार गरिसकेको जानकारी दिएको थियो ।

साम्बाले उपचारका क्रममा सहयोग गर्ने वेलिंगटन र अकल्यान्डका नेपाली समुदाय, आफ्नो क्लब  र व्यवस्थापन टिमप्रति आभार व्यक्त गरेकी छन्।

साथै समर्थकको साथ र मायाले आफूलाई पुनरागमनका लागि प्रेरणा मिलेको बताउँदै अब सम्पूर्ण ध्यान पुनरागमनमा केन्द्रित रहने उल्लेख गरेकी छन्।

 

घुँडाको चोट सावित्रा भण्डारी ‘साम्बा’

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय