+

मोहमद सालाहले लिभरपुल छाड्ने

२०८२ चैत  ११ गते ०:३४ २०८२ चैत ११ गते ०:३४
मोहमद सालाहले लिभरपुल छाड्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजिप्टियन स्टार मोहमद सालाहले सन् २०२५–२६ सिजनपछि लिभरपुल छाड्ने सहमति भएको छ।
  • सालाहले लिभरपुलमा नौ वर्ष बिताएर दुई प्रिमियर लिग, युरोपियन च्याम्पियन्स लिग लगायतका उपाधि जिताएका छन्।
  • उनको एनफिल्डबाट बिदाइ सिजनको अन्त्यतिर गरिने र उपलब्धिहरूलाई औपचारिक सम्मान गरिने छ।

११ चैत, काठमाडौं । इजिप्टियन स्टार मोहमद सालाहले सन् २०२५–२६ सिजनपछि लिभरपुल छाड्ने भएका छन् । क्लबले एक स्टेटमेन्ट जारी गर्दै सालाहको ‘गौरवपूर्ण यात्रा’ अन्त्य हुने बताएको हो ।

फरवार्ड सलाह र क्लबबीच भएको सहमतिअनुसार उनले एनफिल्डमा बिताएको नौ वर्षे सफल अध्यायलाई समापन गर्नेछन्। समर्थकप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै उनले आफ्नो भविष्यबारे पारदर्शिता राख्न यो निर्णय छिट्टै सार्वजनिक गर्न चाहेको बताएका छन्।

सन् २०१७ को गर्मीयाममा एएस रोमाबाट लिभरपुलमा आएका सालाहले क्लब इतिहासका महान् खेलाडीमध्ये एकको रूपमा आफूलाई स्थापित गरेका छन्।

उनले लिभरपुललाई दुईवटा प्रिमियर लिग, युरोपियन च्याम्पियन्स लिग, फिफा क्लब वर्ल्ड कप, यूईएफए सुपर कप, एफए कप, दुईवटा लिग कप र एक एफए कम्युनिटी शिल्ड जिताउन महत्त्वपूर्ण भूमिका खेले।

हालसम्म ४३५ खेलमा २५५ गोल गरेका सलाह लिभरपुलका सर्वाधिक गोलकर्ताको सूचीमा तेस्रो स्थानमा छन्। साथै उनले चार पटक प्रिमियर लिग गोल्डेन बुट जित्दै व्यक्तिगत रूपमा पनि धेरै उपलब्धि हासिल गरेका छन्।

हालको सिजनमा अझै धेरै खेल बाँकी रहेकाले सालाह अहिले टोलीका लागि उत्कृष्ट नतिजा निकाल्न केन्द्रित छन्।

एनफिल्डसँग बिदाइ भने वर्षको अन्त्यतिर गरिनेछ, जहाँ उनका उपलब्धिहरूलाई औपचारिक रूपमा सम्मान गरिने अपेक्षा गरिएको छ।

मोहम्मद सालाह लिभरपुल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय