+
+
Shares

प्रतिनिधिसभा सदस्यलाई नासा नेपालको शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते १३:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल अटोमोबाइल्स एसोसिएसनले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सिन्धुलीका आशिष गजुरेल र बागलुङका सोम शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
  • कार्यक्रममा गजुरेललाई अटोमोबाइल, यातायात व्यवस्थापन र सडक सुरक्षासम्बन्धी तथा शर्मालाई साहसिक खेलकुद र दिगो पर्यटनसम्बन्धी ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको थियो ।
  • गजुरेलले सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै नासा नेपालका दक्ष व्यक्तिहरूलाई सरकारी कदमहरूमा साथ दिन आग्रह गरे भने शर्माले साहसिक खेलकुद क्षेत्रमा सक्रिय नेतृत्व लिने उल्लेख गरे ।

१० चैत, काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सिन्धुलीका आशिष गजुरेल र बागलुङका सोम शर्मा लाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

ललितपुरस्थित एक होटलमा आइतबार आयोजित कार्यक्रममा नासा नेपालले बधाई ज्ञापन गर्दै नेपाली सडक, यातायात, अटोमोबाइल, सडक सुरक्षा, साहसिक खेलकुद तथा दिगो पर्यटनसम्बन्धी विषयमा ध्यानाकर्षण पत्रसमेत हस्तान्तरण गरिएको थियो ।

नेपालका विभिन्न संघसंस्थाहरूले निर्वाचनअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका प्रमुख राजनीतिक दलहरूलाई यस्ता सुझावहरू प्रस्तुत गरेका थिए । संयोगवश, दुवै जना रास्वपाबाट निर्वाचित भएका हुन्, जुन पार्टी संसदमा लगभग दुई तिहाइ बहुमतसहित सरकार गठन गर्ने अवस्थामा पुगेको छ ।

अल्पाइन स्पोर्ट्स फेडेरेसन-नेपाल सँगको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा संघका अध्यक्ष दशरथ रिसाल, सल्लाहकार ठाकुर प्रसाद न्यौपाने, राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कार्यकारी सदस्य सुवर्ण केशरी श्रेष्ठ तथा नेपाल ओलम्पिक कमिटी का महासचिव राजीव श्रेष्ठले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

त्यसैगरी, संघका उपाध्यक्ष अनिलकुमार बराल र सिताराम न्यौपाने, अल्पाइन स्पोर्ट्स फेडेरेसन-नेपालका अध्यक्ष गोविन्द भट्टराई, रोड सेफ्टीका पीएचडी स्कलर भगवती सेढाईं, कर्णाली अल्पाइन स्पोर्ट्स फेडेरेसनका अध्यक्ष देविकृष्ण रोकाया लगायत दुवै संस्थाका अन्य पदाधिकारीहरूले पनि बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा आशिष गजुरेललाई अटोमोबाइल, यातायात व्यवस्थापन तथा सडक सुरक्षासम्बन्धी विषयमा र सोम शर्मा लाई साहसिक खेलकुद तथा दिगो पर्यटनसम्बन्धी विषयमा ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको थियो ।

 गजुरेलले आफ्नो शैक्षिक, व्यावसायिक तथा राजनीतिक प्रतिबद्धताअनुसार सक्रिय रूपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नासा नेपालप्रति आत्मीयता प्रकट गर्दै संघका दक्ष, योग्य र क्रियाशील व्यक्तिहरूलाई आगामी सरकारी कदमहरूमा साथ दिन आग्रह गरे ।

अर्का सांसद शर्माले नेपाली खेलकुद, विशेषगरी साहसिक खेलकुद क्षेत्रमा सक्रिय नेतृत्व लिने उल्लेख गर्दै प्रभावकारी कार्यान्वयनका लागि नासा नेपाल र अल्पाइन स्पोर्ट्स फेडेरेसन-नेपालका पदाधिकारीहरूको सहयोग र समर्थनको अपेक्षा व्यक्त गरे ।

साथै, उनले गण्डकी प्रदेश र बागलुङलाई साहसिक तथा पर्यटकीय खेलकुदको केन्द्रका रूपमा विकास गर्न आफू क्रियाशील रहने प्रतिबद्धता जनाए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?