+
+
Shares

नासा नेपालद्वारा एक्स्पल्स राइडर क्लबका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते १५:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल अटोमोबाइल्स एसोसिएसनले एक्स्पल्स राइडर क्लबका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिएको छ।
  • सुवर्ण श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ र क्लबले आधा दर्जन मोटरसाइकल कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।
  • नासा नेपालले क्लबको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ र आगामी कार्ययोजनामा दीर्घकालीन सहयोग गर्ने तयारी गरेको छ।

२१ माघ, काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले एक्स्पल्स राइडर क्लबका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाई तथा शुभकामना दिएको छ।

ललितपुरको सातदोबाटोस्थित संघको कार्यालयमा आयोजित कार्यक्रममा नवनिर्वाचित नेतृत्वलाई सम्मान गरिएको हो।

कार्यक्रममा नासा नेपालका अध्यक्ष दसरथ रिसालले क्लबहरूको विकासमा संघ सदैव सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे। कार्यकारी निर्देशक गोविन्द भट्टराईले क्लबको प्रगति प्रतिवेदन र आगामी कार्ययोजनाका आधारमा तत्कालीन तथा दीर्घकालीन सहयोग गर्न सकिने बताए।

नवनिर्वाचित अध्यक्ष सुवर्ण श्रेष्ठले क्लबको भावी योजना र नासा नेपालसँगको सहकार्यबारे आफ्नो धारणा राखेका थिए।

सो अवसरमा नासा नेपालका स्पोर्ट एण्ड इभेन्ट अफिसर अंकित भण्डारीले संघको क्यालेण्डरमा क्लबको सहभागिताबारे जानकारी दिएका थिए। क्लबका उपाध्यक्ष पुरुषोत्तम राई र महासचिव सन्जिब राम श्रेष्ठले क्लबको विधान, उद्देश्य तथा नाम परिवर्तनसम्बन्धी विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए।

चार वर्षअघि स्थापित एक्स्पल्स राइडर क्लब नेपालको लोकप्रिय मोटो टुरिङ क्लबमध्ये एक हो। गत हप्ता काठमाडौंमा सम्पन्न साधारण सभा तथा निर्वाचनबाट सुवर्ण श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो।

क्लबको उपाध्यक्षमा पुरुषोत्तम राई, महासचिवमा सन्जिब राम श्रेष्ठ र कोषाध्यक्षमा सनोज महर्जन चयन भएका छन्। सदस्यहरूमा मनोज थापा, हरि श्रेष्ठ, श्यामकृष्ण बलामी, सरोज महर्जन र दुर्गा श्रेष्ठ निर्विरोध चयन भए। सल्लाहकारमा किरण बज्राचार्य, कमला गिरी, एकनारायण महर्जन, हरि आचार्य, अनिश बुढाथोकी र युवराज पन्थी मनोनित भएका छन्।

बागमती प्रदेश खेलकुद विकास परिषदमा दर्ता भई काठमाडौंलाई कार्यक्षेत्र बनाएको क्लबले मोटरसाइकल क्षेत्रमा रेसिङ, र्याली र टुरिङसम्बन्धी कम्तीमा आधा दर्जन कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?