+

खेलकुदमन्त्रीलाई नासा नेपालको सुझाव

२०८२ कात्तिक  २० गते २३:२३ २०८२ कात्तिक २० गते २३:२३
खेलकुदमन्त्रीलाई नासा नेपालको सुझाव

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नव नियुक्त यूवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई नेपाल अटोमोबाइल्स एसोसिएसनका प्रतिनिधिहरूले मन्त्रालयमा भेट गरी बधाइसहित सुझावपत्र पेश गरेका छन्।
  • संघले मोटरस्पोर्ट्स र साहसिक खेलकुदको विकासका लागि नीति, कार्यक्रम र संरचनागत सुधारका सुझावहरू समेटिएको पत्र बुझाएको छ।
  • मन्त्री गुप्ताले सुझावहरू अत्यन्त व्यवस्थित र व्यावसायिक रहेको बताउँदै संघ, खेलाडी र अफिसियलहरूको सुझाव आत्मसाथ गर्ने बताए।

२० कात्तिक, काठमाडौं । नव नियुक्त यूवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई नेपाल अटोमोबाइल्स एसोसिएसनका प्रतिनिधिहरूले बिहीबार मन्त्रालयमा भेट गरी बधाइ सहितको सुझावपत्र पेश गरेका छन् ।

संघका मार्शल एण्ड ट्रेनिंग कमिसनका सचिव आशिष रौनियार र ई–स्पोर्टस कमिसनका सचिव तथा स्पोर्टस एण्ड इभेन्ट अफिसर अंकित भण्डारी सहितको टिमले संघको तर्फबाट बधाइ दिँदै नेपालमा मोटरस्पोर्ट्स र साहसिक खेलकुदको विकासका लागि ठोस नीति, कार्यक्रम र संरचनागत सुधारका सुझावहरू समेटिएको पत्र बुझाएका थिए ।

सो अवसरमा संघका प्रतिनिधिहरूले युवा तथा खेलकुद मन्त्रालयले साँच्चै ‘युवा सोच र साहसिक दृष्टि’ भएको मन्त्री पाएकोमा खुशी व्यक्त गर्दै नेपालका साहसिक तथा पर्यटकीय खेलकुद क्षेत्रले ठूलो अपेक्षा गरेको बताए ।

उनीहरूले नेपाली खेलकुदलाई साँच्चिकै व्यवस्थित, व्यवसायिक र आशालाग्दो बनाउने मन्त्रालयको अभियानमा नेपाल अटोमोबाईल्स एसोसिएसनको सधैं साथ सहयोग र समर्थन प्रतिवद्धता व्यक्त गरे ।

संघको तर्फबाट सुझाब पत्र बुझ्दै मन्त्री गुप्ताले सुझाव अत्यन्त व्यवस्थित, व्यावसायिक र दूरदर्शी रहेको बताउँदै भने, ‘मन्त्रालयले यति गहिरो र व्यावहारिक सुझाव पहिलो पटक पाएको हो,’ भन्दै संघ, खेलाडी र अफिसियलहरूको सुझावहरूलाई आत्मसाथ गर्ने बताए ।

संघको तर्फबाट साच्चै युवा खेलाडी तथा अफिसियल मार्फत प्राप्त सुझावले युवा वर्गमा हौसला पुग्ने बताए ।

नासा नेपालले मन्त्रालय तथा परिषदले समेत आत्मसाथ गरेका दर्जनभन्दा ज्यादा साहसिक, पर्वतीय तथा पर्यटकीय खेलहरूले खेलकुदमन्त्रीको कार्यकालमा नेपाली खेलकुदमा मात्र नभई पर्यटनमा समेत महत्वपूर्ण योगदान दिन सक्ने अपेक्षासहित देखायका कामहरु गर्न सुझाव दिएको छ ।

१, नेपालको साहसिक तथा पर्यटकीय खेलकुदको विद्यमान अवस्थाको अध्ययन गरी सुझाव तथा रणनीतिक योजनाको प्रस्ताव तयार गर्न एउटा कार्यदल गठन,

२, नेपाललाई साहसिक तथा पर्यटकीय खेलकुदको केन्द्रको रूपमा विकास गर्न नीतिगत, कार्यक्रमिक तथा बजेटको समेत व्यवस्था,

३, नेपालको मोटर स्पोट्र्सलाई व्यवस्थित, व्यावसायिक तथा प्रतिस्पर्धी बनाउँदै खेलाडी, अफिसियल तथा प्रमोटरको समेतको पेशागत सुरक्षा गर्ने एउटा रेसिङ ट्रयाकको लागि काठमाडौँ उपत्यकाभित्र तत्कालका लागि कम्तिमा १०० रोपनी जग्गा उपलब्ध,

४, मोटर स्पोट्र्स लागायतका साहसिक खेलको लागि सपोर्टिभ हुने केही नीतिगत र केही कार्यक्रमहरूको व्यवस्था,

५, मोटर स्पोट्र्स लगायतका खेलमा प्रयोग हुने खेल सामग्रीहरूको बीमा हुने व्यवस्था तथा ती सामग्रीहरू नेपाल आयात गर्दा भन्सार छुटको लागि आवश्यक नीतिगत व्यवस्था,

६, गत वर्षदेखि नेपालमा सुरु भएको माउन्ट एभरेस्ट मोटर स्पोर्टस् फेस्टिवलको लागि वार्षिक ५० लाख बजेटको व्यवस्था,

७, नेपालमा पानीजन्य खेल मार्फत दिगो र वातावरण मैत्री पर्यटन प्रवद्र्धन र रोजगारीको सिर्जना तथा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकहरू समेत तयार गर्न मधेस प्रदेशमा एउटा वाटर स्पोट्र्सको सेन्टर निर्माणको लागि आवश्यक नेतृत्व,

८, नेपाल सरकारले गत वर्ष घोषणा गरे अनुसार सञ्चालनमा नरहेका नेपालका केही एयरपोर्टहरूमा साहसिक खेलकुदको सुरुवात गर्ने घोषणा मुताबिक पोखराको डोमेस्टिक एयपोर्ट र बाग्लुङमा अवस्थित बलेवा एयरपोर्टलाई मोटर स्पोर्टस्सहित सहसिक खेलकुद सेन्टरको रुपमा विकास गर्न अन्य मन्त्रालय तथा सम्बन्धित निकायसँग समन्वय,

९, नेपाली युवाहरूमा अत्यन्तै लोकप्रिय बन्दै गएको सिम–रेसिङ, ड्रोन रेसिङ, रोबोटिक लगायतका लागि नेपालका सातवटै प्रदेशमा एउटा–एउटा ई–स्पोर्टस् सेन्टर निर्माण,

१०, विगत केही वर्षदेखि विविध कारणले रोकिएको माउन्टेन स्पोर्टस् फेस्टिवल पुन सुचारु गर्नको लागि न्यूनतम बजेटको व्यवस्था गरी नेपाल पर्यटन बोर्डसंगको सहर्यमा अल्पाइन स्पोर्टस् फेडरेसनलाई जिम्मेवारी दिन,

११, इस्वी सम्वतको नयाँ वर्ष २०२६ को सुरुवातमा एउटा नेसनल स्पोर्टस् कन्फ्रेन्स गरी पोलिसी डायलग अन सस्टेनेबल स्पोर्टस्को आयोजना,

१२, राखेपमा दर्ता भएका खेलका अन्तार्राष्ट्रिय प्रतिस्पर्धाका विजयी खेलाडीलाई दिइने पुरस्कारमा भेदभाव बन्द र तोकिएको पुरस्कार समयमै प्रदान गर्ने व्यवस्था ।

नासा नेपाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय