+

साम्बालाई घुँडाको चोट, कम्तीमा ९ महिना मैदान बाहिर रहने

२०८२ पुष  २३ गते १२:१९ २०८२ पुष २३ गते १२:१९
साम्बालाई घुँडाको चोट, कम्तीमा ९ महिना मैदान बाहिर रहने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान साबित्रा भण्डारीको दायाँ घुँडाको एसीएल टियर भएर उनले ए–लिगको बाँकी खेल गुमाउने भएकी छन्।
  • ब्रिसबेन रोअरविरुद्धको खेलमा घुँडाको पुरानै एसीएल ग्राफ्ट पुनः टियर भएको एमआरआई परीक्षणले पुष्टि गरेको छ।
  • वेलिङ्टन फिनिक्सकी प्रशिक्षक बेभ प्रिस्टम्यानले टोली साम्बाको चोटबाट दुःखी भएको र उनी छिटो फर्कने दृढ इच्छा देखाएको बताउनुभएको छ।

२३ पुस, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ चोटग्रस्त भएकी छन् । अस्ट्रेलियन ए लिग फुटबलमा वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी ‘साम्बा’ भण्डारीले घुँडाको गम्भीर चोटका कारण ए–लिगको बाँकी खेल गुमाउने भएकी हुन् ।

ब्रिसबेन रोअरविरुद्धको खेलको दोस्रो हाफमा गोलरक्षकसँग ठोक्किँदा उनको दायाँ घुँडाको एसीएल टियर भएको छ । एमआरआई परीक्षणपछि उनको पुरानै एसीएल ग्राफ्ट पुनः टियर भएको पुष्टि भएको क्लबले जनाएको छ।

साम्बाले सन् २०२१ मा पनि दाँया घुँडाको शल्यक्रिया गराएकी थिइन्। अब उनी ९ देखि १२ महिनासम्म मैदान बाहिर रहनेछिन्।

वेलिङ्टन फिनिक्सकी प्रशिक्षक बेभ प्रिस्टम्यानले साम्बा उत्कृष्ट खेलाडी मात्र नभई सबैले माया गर्ने व्यक्ति भएको बताउँदै टोली उनको चोटबाट निकै दुःखी भएको भनिन्। साम्बाले छिटो फर्कने दृढ इच्छा देखाएको पनि उनले बताइन्।

साबित्रा भण्डारी साबित्रा भण्डारी 'साम्बा'

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय