+

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि नेपालको प्रारम्भिक टोली घोषणा

२०८२ चैत  ११ गते १०:३८ २०८२ चैत ११ गते १०:३८
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि नेपालको प्रारम्भिक टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघले पहिलो पटक हुने आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि क्याम्पमा २९ खेलाडीलाई समावेश गरेको छ ।
  • टोलीमा कप्तान इन्दु बर्मासहित अनुभवी र नयाँ युवा खेलाडीहरू समावेश गरिएको छ ।
  • टोलीमा पूजा महतो, रुबिना क्षेत्री, सिता राना मगर लगायत २९ खेलाडीहरू छन् ।

११ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक हुन लागेको आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि नेपाली महिला क्रिकेट टोली घोषणा गरेको छ ।

क्यानले अनुभवी खेलाडीहरूसँगै नयाँ युवा खेलाडीहरुलाई समावेश गरेर क्याम्प टोली घोषणा गरेको हो । यसअघि चोटका कारण प्रतियोगिता गुमाएकी कप्तान इन्दु बर्मा पनि टोलीमा छिन् ।

टोलीमा इन्दुसँगै पूजा महतो, रुबिना क्षेत्री, सिता राना मगर, बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन बिष्ट, अनु कडायत, सीमाना केसी र राजमती ऐरी रहेका छन् ।

यसैगरी टोलीमा मनीषा उपाध्याय, रचना चौधरी, सोनी पाख्रिन, सना प्रवीन, खुशी डंगोल, सुधा धामी, किरण कुँवर, लक्ष्मी साउद, आलिशा यादव, तृष्णा बिके, कुसुम गोदार, यशोदा बिष्ट, अञ्जी पाठक र रमा बुढाथोकी पनि समावेश छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को नयाँ संरचनाअनुसार यो प्रतियोगिता सुरु हुन लागेको हो । जहाँ विश्वका उदीयमान राष्ट्रहरूको सहभागीता रहनेछन् ।

यो प्रतियोगिता आउने अप्रिल दोस्रो साता रुवान्डामा सुरु गर्ने तयारी छ । तर आईसीसीले आधिकारिक मिति र टिमको नाम भने सार्वजनिक गरिसकेको छैन ।

प्रतियोगितामा एशिया, अफ्रिका, युरोप, अमेरिका र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक–एक गरी ५ टोली सहभागी गर्ने आईसीसीको तयारी छ ।

महिला क्रिकेटका लागि आईसीसीले तीन तहको विकास संरचना तयार गरेको छ । त्यसअन्तर्गत सबैभन्दा तल्लो तहको प्रतियोगिताको रुपमा आईसीसी वुमन्स च्यालेन्ज ट्रफी रहनेछ ।

यसले नयाँ तथा कमजोर टोलीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा अनुभव बटुल्ने अवसर दिने लक्ष्य राखिएको छ ।

महिला क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय