+

साफ यू-२० च्याम्पियनसिपमा नेपालले श्रीलंकासँग खेल्दै

२०८२ चैत  ११ गते १२:५७ २०८२ चैत ११ गते १२:५७
साफ यू-२० च्याम्पियनसिपमा नेपालले श्रीलंकासँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले साफ यू-२० च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलमा आज श्रीलंकासँग मालेस्थित नेसनल फुटबल स्टेडियममा खेल्दैछ।
  • नेपाल र श्रीलंकाले पहिलो खेलमा क्रमशः भुटान र माल्दिभ्सलाई पराजित गरी लगातार दोस्रो जित निकाल्ने लक्ष्य राखेका छन्।
  • प्रतियोगितामा दक्षिण एसियाका सात राष्ट्र सहभागी छन् र दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

११ चैत, काठमाडौं । माल्दिभ्समा भइरहेको साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकासँग खेल्दैछ ।

समूह ‘ए’ मा रहेका नेपाल र श्रीलंकाबीचको खेल मालेस्थित नेसनल फुटबल स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार अपरान्ह साढे ४ बजे सुरु हुनेछ ।

पहिलो खेलमा जित हात पारेका दुवै टोली लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाउने लक्ष्यमा छ ।

यसअघि प्रतियोगिताको उद्घाटन खेलमै नेपालले भुटानलाई २-१ ले पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ । यही समूहमा श्रीलंकाले घरेलु टोली माल्दिभ्सलाई ३-२ ले पराजित गरेको थियो ।

पहिलो हाफमा दुई गोल बेहोरेपनि श्रीलंकाले सानदार कमब्याक गर्दै दोस्रो हाफमा तीन गोल फर्काएर खेल जितेको हो ।

आजै राति सवा ९ बजे भुटान र माल्दिभ्सबीच खेल हुँदैछ । दुवै टोली पहिलो जितको लक्ष्यमा छन् ।

दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहेको साफ यू-२० च्याम्पियनसिपमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

समूह बी मा पहिलो खेलमा बंगलादेशले पाकिस्तानलाई २-० ले पराजित गरेको थियो । यस समूहमा साविक विजेता भारत पनि छ ।

साफ यू-२० च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय