+

टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र चौथो स्थानमै यथावत्

२०८२ चैत  ११ गते १३:५८ २०८२ चैत ११ गते १३:५८
टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र चौथो स्थानमै यथावत्

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा लगातार तेस्रो साता चौथो स्थानमा रहेका छन्।
  • दीपेन्द्रले टी-२० विश्वकपमा नेपालका लागि सर्वाधिक १६९ रन बनाए र बलिङमा २ विकेट लिएर आफ्नो रेटिङ अंक २४४ कायम राखेका छन्।
  • वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा छन् भने भारतका हार्दिक पान्ड्या दोस्रो र पाकिस्तानका सायम अयुब तेस्रो स्थानमा रहेका छन्।

११ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमै यथावत् रहेका छन् ।

आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र लगातार पाँचौं साता पनि चौथोमै रहेका हुन् । आईसीसी टी-२० विश्वकपको समूह चरणमा गरेको प्रदर्शनपछि दीपेन्द्रको वरियता सुधार भएर छैटौंबाट चौथोमा उक्लिएका थिए ।

दीपेन्द्रले टी-२० विश्वकपमा नेपालका लागि सर्वाधिक (१६९) रन बनाएका थिए भने बलिङमा २ विकेट लिएका थिए । त्यही प्रदर्शनबाट दीपेन्द्रको रेटिङ अंक बढेर हालसम्मकै उच्च (२४४) पुगेको थियो । उक्त अंक यस साता पनि कायम छ ।

अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् छन् । उनको रेटिङ अंक ३२८ यथावत् छ ।

भारतका हार्दिक पान्ड्या दोस्रोमै यथावत् रहेका छन् । उनको रेटिङ अंक २९९ नै छ । तेस्रो स्थानमा पाकिस्तानका सायम अयुब छन् ।

पाँचौंमा अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ २४१ अंकका साथ यथावत् छन् ।

 

अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० अलराउन्डर वरियता दीपेन्द्रसिंह ऐरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय