News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले फिफा सिरिज–२०२६ को खेल तालिका सार्वजनिक गरेको छ।
- नेपालले महिलातर्फ थाइल्यान्डमा हुने चार देश सहभागी सिरिजमा अप्रिल १२ मा कंगोसँग खेल्नेछ।
- सिरिजमा थाइल्यान्ड, नेपाल, कंगो र ओसियाना फुटबल कन्फेडरेसनबाट आउने अर्को देश सहभागी हुनेछ।
१२ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले फिफा सिरिज–२०२६ को खेल तालिका सार्वजनिक गरेको छ । खेल तालिकाअनुसार नेपालले महिलातर्फ एक सिरिज खेल्नेछ ।
थाइल्यान्डमा हुने सिरिज आगामी अप्रिलमा हुनेछ । ४ देश सहभागी सिरिजमा नेपालले अप्रिल १२ मा कंगोसँग खेल्नेछ । सिरिजमा थाइल्यान्ड, नेपाल र कंगोसहित अर्काे एक देशले प्रतिस्पर्धा गर्नेछन् ।
ओसियाना फुटबल कन्फेडरेसनबाट सहभागी हुने उक्त देशको टुंगो लाग्न बाँकी छ ।
दोस्रो खेल नेपालले अप्रिल १५ मा हुने तालिका छ । उक्त खेलको प्रतिस्पर्धी भने पहिलो खेलको नजिताले निर्भर गर्नेछ । पहिलो खेलमा हार्ने दुई टोली र जित्ने दुई टोली छुट्टाछुट्टै एकआपसमा प्रतिस्पर्धा गर्नेछन् ।
फिफा सिरिज–२०२६ मा नेपाली पुरुष टोलीको भने कुनै खेल समावेश गरिएको छैन ।

प्रतिक्रिया 4